प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, तत्काल डायलासिस गर्नु नपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, तत्काल डायलासिस गर्नु नपर्ने


२१ कार्तिक २०७६, बिहिबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनको छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलासिस गर्नु नपर्ने भएको हो ।

चिकित्कसहरुले उनको स्वास्थ्यमा सुधार हुँदै गएकाले तत्काल डायलासिसको खाँचो नरहेको बताएका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्कस डा. दिव्या सिंहले छातीमा रहेको पानीको मात्रा सुकेको र स्वास्थ्यमा सुधार हुँदै गएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था नभएको बताएकी छन् । उनको बीच–बीचमा स्वास्थ्य परीक्षण गरिने र त्यतिबे समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने डा. सिंहले बताइन् ।

निजी चिकित्सकहरू डा. सिंह र दिलीप शर्माले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकहरूसँग पनि नियमित परामर्श गरिरहेको स्रोतले जनाएको छ ।

ग्रान्डी इन्टरनेसनल अस्पताल र टिचिङस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टबारे पनि उनीहरूले त्यहाँका चिकित्सकसँग परामर्श गरिरहेको बताइएको छ ।

गत साउन र भदौमा सिंगापुरको सो अस्पतालमा प्रधानमन्त्रको प्लाज्मा फेरेसिस गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस