नेकपा सचिवालय बैठक सुरु, आजै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक सुरु, आजै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी


१८ कार्तिक २०७६, सोमबार


काठमाडौं । नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे छलफल गर्न बैठक सुर भएको हो ।

बैठकले प्रदेशप्रमुखहरुको सिफारिस गर्नेछ । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

आइतबार सातै प्रदेशका प्रमुखहरु बर्खास्त भएका थिए । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ । सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस