मन्त्रिपरिषद् बैठक आज ११ बजे बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक आज ११ बजे बस्ने


१८ कार्तिक २०७६, सोमबार


काठमाडौं । आइतबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आज (सोमबार) ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली व्यस्तताका कारण बैठक आजका लागि सारिएको हो ।

आइतबार नियुक्त हुने भनिएको प्रदेश प्रमुखको नियुक्ति आजको बैठकबाट हुने जनाइएको छ ।

यसअघि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस