नेकपाले टुंगो लगायो उपनिर्वाचनका उम्मेदवारको नाम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपाले टुंगो लगायो उपनिर्वाचनका उम्मेदवारको नाम


१७ कार्तिक २०७६, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

नेकपाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको ठाउँमा उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यसैगरी दाङ २(ख) प्रदेशसभाको निर्वाचनको उम्मेदवार विमला ओलीलाई बनाएको छ भने भक्तपुर १(क)मा नेकपाका तर्फबाट देवीप्रसाद ढकाल उम्मेदवार बनेका छन्।

नेकपाले बाग्लुङ प्रदेशसभा सदस्य जनमोर्चाका उम्मेदवार समर्थन गर्ने निर्णय गरेको छ। धरान उपमहानगर पालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेकपाले गाउँपालिका र वडास्तरका उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस