दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेताकै नाम सार्वजनिक (नामसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेताकै नाम सार्वजनिक (नामसहित)


३० आश्विन २०७६, बिहिबार


काठमाडौं । नेपाल प्रहरीले गएराति दाङको राजपुर गाउँपालिका-४ मा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरिएको छ ।

अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर उर्फ वीरगञ्जसहितका नेता छन् । हाल उनी समूहमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवं मध्यपश्चिम कमाण्ड ईन्चार्ज थिए ।

घटनास्थल इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटर टाढा पर्छ । गढवाबाट प्रहरी निरीक्षकको कमाण्डमा, वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षककै कमाण्डमा र जिल्ला प्रहरी कार्यालय दाङबाट समेत टोली मरेठा जंगल प्रस्थान गरेको थियो ।

उनीहरुलाई पक्राउ परेको स्थान नेपाल–भारत सीमा नजिक पर्छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरु पक्राउ परेसँगै विप्लव नेकपालाई ठूलो धक्का लागेको छ ।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नेता कार्यकर्ता लगातार पक्राउ परिरहेका छन् । नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली यस अघि नै पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुको नामावली 
– चन्द्रबहादुर चन्द (वीरजंग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज तथा विप्लवका दाजु
– केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
– रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
–सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
–यमलाल कटुवाल (विक्रम) – जिल्ला ईन्चार्ज
–प्रदीप वली – जिल्ला सेक्रेटरी
–बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष
–सुनिल पौडेल– वुद्धिजिवी
–एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य)
–धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
–तिलक पुन (पूर्व जनमुक्ति सेना)
–सुरज विक –दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
–हितप्रसाद रोका –पार्टी सदस्य
–पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
–दलबहादुर खत्री
–अमित घर्ती मगर
–बालकृष्ण शर्मा
–जीत क्षेत्री
–रमेश आचार्य
–बिष्णु थापा
–कुलबहादुर ओली

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दी गरेर प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो । त्यसक्रममा महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायत बरामद भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस