घुस लिएको अभियोगमा मुद्दा दायर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

घुस लिएको अभियोगमा मुद्दा दायर


१९ भाद्र २०७६, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गाविस सचिव रहेका राईले आफैँले ल्याप्चे लगाई रु २ लाख नौ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।

नक्कली भर्पाई र कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको पाइएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस