पूर्ण स्तनपान र यसका फाइदाहरू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्ण स्तनपान र यसका फाइदाहरू


तारा योगी

१७ श्रावण २०७६, शुक्रबार


आमाको दूध बच्चाको लागी पहिलो प्राकृतिक तथा उत्तम खाना हो । वर्तमान र भविष्यमा बच्चाको स्वास्थ्य स्थिति कस्तो हुने भन्ने कुराको निर्धारण स्तनपान सही रूपमा गराइएको छ वा छैन भन्ने कुराले गर्छ । त्यसैले भनिन्छ, स्तनपान बच्चाको लागी अमृत समान हो र यो जीवनको आधार पनि हो ।

जन्मेको एक घण्टा भित्रदेखि छ महिना सम्म बच्चालाई अरू कुनै खाने र पिउने कुरा(पानी पनि) नदिई आमाको दुधमात्र खुवाउनु नै पूर्ण स्तनपान गराउनु हो । पूर्ण स्तनपान गराएमा बच्चालाई ६ महिनासम्म वृद्धि विकासका लागी चाहिने सम्पूर्ण पौष्टिक तत्त्व तथा शक्ति आमाको दूध बाट मिल्ने हुँदा ६ महिना पछि मात्र थप आहारको आवश्यकता पर्छ ।

बच्चालाई जन्मेको एक घण्टा भित्रनै आमाको दूध खुवाउन सुरु गर्नुपर्छ । सुरुका केही दिनसम्म आउने विगौती दूधमा रोगसँग लड्न सक्ने गुण हुने भएकाले यसले बच्चालाई धेरै रोगहरूबाट (निमोनिया, डायरीया, आज्मा, एलर्जी, आँखा–कान तथा अन्य गम्भीर सङ्क्रमण) बचाउँछ । यस कारण आमाको बिगौती दूध बच्चाको लागी पहिलो खोप हो ।

नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०१६ (एजडीएचएस–२०१६) का अनुसार नेपालमा ६६ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान गराउने गरेको, ५५ प्रतिशतले मात्र जन्मेको एक घण्टा भित्र दूध खुवाउने गरेको र ९ प्रतिशत बच्चालाई बोतलबाट अन्य दूध खुवाउने गरेको पाइएको छ । जुन हरेक पक्षबाट बच्चाको लागी हानिकारक छ ।

गाउँघरका महिला घरायसी कामकाज तथा घाँस दाउरा र मजदुरी गनुपर्ने भएकाले बच्चालाई पूर्ण स्तनपान गराउन सकिरहेका छैनन् भने पढेलेखेका सहरका महिलाहरू पनि व्यापार, जागिर तथा अफिसमा व्यस्त हुँदा पूर्ण स्तनपान बाट बच्चाहरू वञ्चित भएको अवस्था छ ।

पूर्ण स्तनपान गराउँदा ध्यान दिनुपर्ने मापदण्डहरू

१) बच्चा जन्मेको १ घण्टा भित्र दूध खुवाउन सुरु गर्नुपर्छ ।
२) बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक कुनै प्रकारको खाने र पिउने
कुराहरू (पानी, ग्लुकोज, मह, बट्टाको दूध, गाई भैसिको दूध, लिटो, जाउलो, घिउ आदि) नदिई पूर्ण रूपमा स्तनपान गराउनुपर्छ ।
३) शिशुले जति चोटि खान खोज्छ (डिमाण्ड फिडिङ) त्यति नै चोटि दूध खुवाउनुपर्छ र दिन र रातमा वा २४ घण्टामा कम्तीमा ८ देखि १० पटक वा जति सक्दो धेरै पटक र शिशुले खान चाहेसम्म खुवाउनु पर्छ ।
४) एकातिरको स्तनबाट शिशुले खाली हुने गरी दूध खाएर आफैले छोडेपछि अर्कोतिरको दूध खान दिन
सुरु गर्नुपर्छ । किनकि पहिले आउने दूध(फोरिमिल्क)ले प्रशस्त मात्रामा प्रोटिन, ल्याक्टोज र अन्य पोषणहरू प्रदान गर्दछ भने पछाडिको दूध (हिण्ड मिल्क) मा धेरै मात्रामा चिल्लो पदार्थ पाइने हुनाले शक्ति प्रदायक हुन्छ ।
५) बोतल दूध तथा तयार पारिएका कृत्रिम दूध तथा र चुस्ने चिजबिजहरू प्रयोग बिलकुलै गर्नु हुँदैन ।

नोट: बच्चा ६ महिना पुगिसके पछि अरू थप आहाराको साथ कम्तीमा पनि २ वर्षसम्म अविार्य स्तनपान गराउनु पर्छ ।

पूर्ण स्तनपानका कारण बच्चालाई हुने फाइदाहरू

  • बच्चाले प्रयाप्तमात्रामा पौष्टिक तत्त्व, भिटामिन, मिनिरल र इनर्जि प्राप्त गर्छ ।
  • बच्चाको शारीरिक वृद्धि र मानसिक विकास राम्रोसँग हुन्छ ।
  • बच्चालाई धेरै रोगहरू ९निमोनिया, डायरीया, आज्मा, एलर्जी, आँखा–कान तथा अन्य गम्भीर सङ्क्रमण० बाट बचाउँछ ।
  • बच्चाको पेट सफा गर्नुको साथै कमलपित्तबाट जोगाउँछ ।
  • आन्द्राहरूलाई बलियो बनाउनका साथै आमाशय र आन्द्राको सङ्क्रमण हुनबाट बचाउँछ ।
  • आमा र बच्चाको माया ममता बढ्छ ।

पूर्ण स्तनपानका कारण आमालाई हुने फाइदाहरू

  • स्तनपान प्रक्रियाले आमाको शरीरमा अक्सिटोसिन हर्मोनको उत्पादनमा बढावा दिन्छ जुन हर्मोनले पाठेघरलाई समयमानै खुम्चन मदत गरी सुत्केरी पश्चात् हुने रक्तस्राव कम गर्छ ।
  • स्तन क्यान्सर र ओभरीयन ९डिम्वाशय० क्यान्सरलाई कम गर्छ ।
  • पूर्ण स्तनपानले आमाको महिनावारी चक्रमा ढिला गराई प्राकृतिक परिवार नियोजनको काम पनि गर्छ ।
  • आमालाई प्रसूति पश्चात् हुनसक्ने डिप्रेसनहुनबाट बचाउँछ ।
  • गर्भावस्थामा बढेको आमाको तौल घटाउन मदत गर्छ ।

अतः पूर्ण स्तनपान गराई आफ्नो शिशुको शारीरिक वृद्धि तथा मानसिक विकासमा टेवा पुर्याऊँ

Tags :
प्रतिक्रिया दिनुहोस