वडा सदस्यमाथि गोली प्रहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वडा सदस्यमाथि गोली प्रहार


१९ असार २०७६, बिहिबार


धादिङ । धादिङको बेनीघाट गाउँपालिका–८ का वडा सदस्यमाथि गोली प्रहार भएको छ । बुधबार राति खाना खाइरहेको अवस्थामा सदस्य रामजी चेपाङमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट शक्त घाचइते चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल पुर्‍याइएको छ ।

प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनकोआरोप छ ।

दुई महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने दुई चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै दुई नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छ्न् ।

Tags :
प्रतिक्रिया दिनुहोस