परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच दुई पक्षीय भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच दुई पक्षीय भेटवार्ता


१९ असार २०७६, बिहिबार


काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी सँग बुधबार ग्रेट हल अफ द पिपुलमा दुई पक्षीय भेटवार्ता गरेका छन् ।

सो बैठकमा दुई देशबीचको मित्रतालाई आपसी फाइदा र समझदारीलाई अघि बढाउने जनाएका छन् । साथै दुई पक्षीय उच्चस्तरको भ्रमणलाई पनि सो अवसरमा जोड दिइएकोे बेइजिङस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनमा रहेका नेपाली विद्वान, प्राज्ञ लगायतसँग समेत अन्तरक्रिया गरेका थिए । सो अवसरमा करिब ३० जना नेपालीको सहभागिता रहेको जनाइएको छ । बुधबार नै परराष्ट्रमन्त्री ज्ञवाली उनको सम्मानमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा पनि बुधबार साँझ सहभागी भएका थिए । कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस