अस्पतालमा होहल्ला गर्ने ६ पक्राउ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अस्पतालमा होहल्ला गर्ने ६ पक्राउ


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


चितवन । अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महिनाका छोराको मृत्युभएपछि आफन्तहरुले होहल्ला गरेका थिए ।

निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो।

बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ। बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए।

आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस