वाणिज्य बैंकहरूको निक्षेप २६ अर्ब बढ्दा कर्जा १५ अर्ब घट्यो « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वाणिज्य बैंकहरूको निक्षेप २६ अर्ब बढ्दा कर्जा १५ अर्ब घट्यो


८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । गत वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपमा वृद्धि भए पनि कर्जा लगानीमा भने संकुचन देखिएको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९आव० २०८०/८१ वैशाखमा वाणिज्य बैंकहरूको कुल निक्षेप २६ अर्ब १९ करोडले बढेको छ । सोही अवधिमा कर्जा भने १५ अर्ब १९ करोडले नै घटेको छ ।

आव अन्तिममा निर्माणले गति लिएर सरकारको पुँजीगत खर्च बढेसँगै कर्जा पनि केही विस्तार हुने अपेक्षा भए पनि कर्जा भने घटेको तथ्यांकले देखाउँछ ।

चैत मसान्तमा ४५ खर्ब ३६ अर्ब ८४ करोड रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी वैशाखमा घटेर ४५ खर्ब २१ अर्ब ६४ करोडमा झरेको छ ।

निक्षेप भने चैत मसान्तमा ५४ खर्ब ४१ अर्ब ९१ करोड रहेकोमा वैशाख मसान्तमा ५४ खर्ब ६८ अर्ब ११ करोड पुगेको छ ।

चालु आव लागेपछि वाणिज्य बैंकहरूको कुल निक्षेप ३ खर्ब ८२ अर्ब १६ करोडले वृद्धि हुँदा कर्जा भने २ खर्ब ३ अर्ब ६९ करोड मात्रै बढेको छ ।

असार मसान्त २०८० मा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ८५ अर्ब ९५ करोड र कुल कर्जा लगानी ४३ खर्ब १७ अर्ब ९५ करोड थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस