जथाभाबी कर्मचारी सरुवा गरेकोप्रति सांसद अमरेशकुमार सिंहको आपत्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जथाभाबी कर्मचारी सरुवा गरेकोप्रति सांसद अमरेशकुमार सिंहको आपत्ति


प्रशासन संवाददाता

२६ बैशाख २०७६, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभाबी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न माग गर्दै २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको रु भनी सरकारलाई प्रश्न गरेका छन् ।

बिहीबार सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलका क्रममा सांसद सिंहले सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने बताए ।

सांसद सिंहले समितिमा छलफल भइरहेको सो विधेयक कर्मचारीहरूले आफूखुसी तयार पारेको प्रतिसमेत असन्तुष्टि जनाएका छन् ।

छलफलका लागि बोलाइएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानुनसम्मत ढङ्गले कर्मचारी सरुवा हुने गरेको जवाफ जवाफ दिएका छन् ।

पण्डितले कर्मचारीको सेवा र सर्तसम्बन्धी कानुनी व्यवस्थालाई अझै स्पष्ट बनाउन सरकारले सो विधेयक ल्याएको बताउँदै आवश्यक नीतिगत निर्णयसहित अघि बढ्ने प्रष्ट्याएका छन् ।

प्रतिक्रिया दिनुहोस