लुक्लामा विमान दुर्घटना अपडेट : दुईको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुक्लामा विमान दुर्घटना अपडेट : दुईको मृत्यु


१ बैशाख २०७६, आइतबार


सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको थियो ।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलमध्येमा पर्छ ।

प्रतिक्रिया दिनुहोस