गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईको मृत्यु


२८ चैत्र २०७५, बिहिबार


गुल्मी । जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–१ च्यानडाँडामा लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एक मृतकको भने पहिचान भएको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

जिप दर्लिनबाट सदरमुकाम तम्घास जाँदै गरेको जिपमा १० जना सवार थिए ।

जिप करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम तम्घास र वामी टक्सारमा लगिएको छ ।

पूर्वसांसद भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।

प्रतिक्रिया दिनुहोस