पहिरोले कर्णाली राजमार्ग अवरुद्ध « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


२३ चैत्र २०७५, शनिबार


कालिकोट । पहिरोले कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

शुक्रबार बेलुकादेखि अवरुद्ध राजमार्गमा सवारीसाधनको भीड लागेको छ । भारी वर्षाका कारण पहिरो गई राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

राजमार्गको सडक पहिरोले भकाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ।

पर्यटकिय क्षेत्र रारा ताल जाने आन्तरिक पर्यटकहरु बीच बाटोमै अलपत्र परेका छन्।

जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगंज र नेपालगञ्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस