सशस्त्र प्रहरीमा स्वास्थ्यतर्फ २५ जना कर्मचारी माग « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरीमा स्वास्थ्यतर्फ २५ जना कर्मचारी माग


प्रशासन संवाददाता

२२ चैत्र २०७५, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आव्हान गरेको छ ।

प्रहरीको मानव श्रोत विभागले प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(स्टाफ नर्स), ल्याब टेक्निसियन, अप्थाल्मिक असिस्टेन्ट र फुड एन्ड न्यूट्रेसन असिस्टेन्ट पदमा दरखास्त आव्हान गरेको हो ।

सूचना अनुसार प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(स्टाफ नर्स) १९ जना, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(ल्याब टेक्निसियन) ४ जना, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(अप्थाल्मिक असिस्टेन्ट) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(फुड एन्ड न्यूट्रेसन असिस्टेन्ट) एक/एक गरी २५ जना कर्मचारी माग गरेको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस