बौद्ध च्यामजुङ गल्लीमा मोटरसाइकलमा आएकाले घाँटीबाट लुटे सुनको सिक्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बौद्ध च्यामजुङ गल्लीमा मोटरसाइकलमा आएकाले घाँटीबाट लुटे सुनको सिक्री


१३ चैत्र २०७५, बुधबार


काठमाडौं । काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ ।

उनले घाँटीमा लगाएको करीब रु ५ लाख पर्ने झण्डै १० तोलाको सुनको सिक्री आज लुटपाट भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गलाबाट सिक्री लुटेर फरार भएको शेर्पाको भनाइ उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

फरार दुवै जनाको प्रहरीले खोजी गर्नाका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस