राष्ट्रपतिको रेड कार्पेटमा सर्पको सयर… « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिको रेड कार्पेटमा सर्पको सयर…


प्रशासन संवाददाता

१ चैत्र २०७५, शुक्रबार


काठमाडौं । ‘काँही नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि त्यस्तै घटना देखियो ।

राष्ट्रपति विद्यादेवि भण्डारी अमेरिकाको न्यूयोर्कबाट स्वदेश फर्कने कार्यतालिका थियो । राष्ट्रपतिको स्वागतका लागि विशिष्ट व्यक्ति विमानस्थल पुगिसकेका थिए ।

राष्ट्रपतिको स्वागतका लागि सबै तयारी पूरा भइसकेको थियो । विमानस्थलमा राष्ट्रपति हिँड्नका लगि ‘रेड कार्पेट’ ओछ्याइएको थियो । राष्ट्रपति आउने भनेपछि सञ्चारकर्मीहरु पनि समयमै पुगिसकेका थिए ।

रेड कार्पेटमा राष्ट्रपति हिँडेको फोटो खिच्न पुगेका फोटो पत्रकार तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीकै अगाडि ‘रेड कार्पेट’ हुँदै एउटा सर्प निस्कियो । सर्प देखेपछि सबै आत्तिए त कोही फाटो खिच्न थाले । धेरै मान्छे र होहल्लाबाट सर्प डराएर नजिकैको झाडीमा पस्यो ।

राष्ट्रपति भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन् ।

आइतबार न्यूयोर्क प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस