टिपरमाथि लागाएको प्रतिबन्ध फुकुवा, दिउँसो पनि चल्ने भए टिपर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिपरमाथि लागाएको प्रतिबन्ध फुकुवा, दिउँसो पनि चल्ने भए टिपर


९ कार्तिक २०७५, शुक्रबार


Home ministry

काठमाडौं । टिपरमाथि लागाएको प्रतिबन्ध फुकुवा हुने भएको छ । सरकारले लगाएको टिपरमाथिको प्रतिवन्ध फुकुवा गर्ने जनाइएको छ ।

शरक्रबार गृहमन्त्रालयमा भएको छलफलमा टिपरमाथि लागाइएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय भएको छ । चक्रपथ सुधार आयोजनाको काम छिटै सक्नुपर्ने भएकाले
पहिलो चरणमा शुक्रबारदेखि नै आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् ।

गृहमन्त्रालयले टिपरका कारण भएका दुर्घटनाबाट मानवीय क्षति भएकाले बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको जनाइएको छ ।

पहिलो चरणमा आयोजनाका लागि निर्माण सामग्री बोक्ने टिपरको नम्बर उल्लेख गरी २४ वटालाई चल्न दिने निर्णय गरेको हो । राष्ट्रिय महत्वको चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ नहोस भनेर २४ वटा टिपरलाई १० दिनसम्म प्रतिबन्ध नलगाउने निर्णय गरिएको हो । १० दिनको नतिजा हेरेपछि टिपरलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने निर्णय हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस