एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु


८ आश्विन २०७५, सोमबार


एसिड

रौतहट । एसिड प्रहारबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको मृत्यु भएको छ ।

गत भदौ २६ गते राति एसिड प्रहारमा गम्भीर घाइते चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झनाकुमारी दासको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

शरीरका विभिन्न ठाउँ र अनुहारमा बढी एसिड परेर गम्भीर घाइते भएकी उनको २ पटक शल्यक्रिया गरिएको थियो।

घरमा सुतिरहेका बेला राति सम्झना र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारी माथि एसिड प्रहार गरिएको थियो।

एसिड प्रहारबाट घाइते सुस्मिताको उपचार भइरहेको छ। उनको अवस्था खतरा मुक्त छ ।

प्रतिक्रिया दिनुहोस