स्वतः बढुवाले विकृति नित्यायो – मन्त्री पण्डित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वतः बढुवाले विकृति नित्यायो – मन्त्री पण्डित


१३ बैशाख २०७५, बिहिबार


कर्मचारी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीमा स्वतः बढुवा हुनुले विकृति निम्ताएको बताएका छन् ।

मन्त्रालयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले बिहीबार आयोजना गरेको ‘सार्वजनिक सेवाको भावीस्वरुप र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डितले कर्मचारी बढुवा कार्यक्षमताका आधारमा मात्र गर्नुपर्ने बताएका छन् ।

कर्मचारीले जनताले अनुभूति गर्ने खालेको सेवा दिनुपर्नेमा जोड दिएका छन् । ‘प्रशासनिक कामबाट जनताले अनुभूति प्राप्त गर्न सकेका छैनन्’, मन्त्री पण्डितले भने, अहिलेको कामबाट जनता सन्तुष्टि छैनन् । जनतालाई परिमाण निकाल्ने खालका काम गर्न कर्मचारी सधै तत्पर हुनुपर्छ ।’

उनले कर्मचारीको आधिकारिक ट्रेड युनियनलाई अहिलेकै अवस्थामा राख्न नसकिने भन्दै कस्तो बनाउने भन्नेमा छलफल गर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तहको अधिकार संविधानअनुसार नै चाँडै कामको बाँडफाँड गरेर जिम्मेवार बनाउनुपर्ने बताए ।

उनले कर्मचारीको तहगत र श्रेणीगत आवश्यकताअनुसार परिमार्जनसमेत गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस