भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष माथि आक्रमण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष माथि आक्रमण


२७ चैत्र २०७४, मंगलबार


चितवन । भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । नारायणगढको शहिदचोकमा आक्रमण आफ्नो आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लाग्दा उनीमाथि आक्रमण भएको हो ।

अज्ञात समूहले पछाडिबाट ढुंगाले हिर्काएर आक्रमण गर्दा उनको टाउकोमा चोट लागेको छ। उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहको छ ।

भण्डारीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस