२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहाना ‘भारतीय कम्पनी’, गन्तव्य कुवेत

अ+ अ-

झापा । नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ । भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएका छन् ।

भारतमा सञ्चालनमा रहेका यस्ता नेटवर्किङ व्यापारसँग कुनै साइनो सम्बन्ध नै नभएकाले तिनै कम्पनीको फर्जी कागजात र प्रमाण देखाएर नेपाली महिलाको तस्करी गरिरहेका छन् । आफूलाई अवैध बाटो हुँदै विदेश पठाउन लागेको, त्यसरी विदेश पुग्दा अनेक अप्ठ्यारो भोग्नुपर्ने जोखिमबारे बेखबर महिला तस्करको प्रलोभनमा फस्दै आएका छन् । भारतीय बाटो हुँदै अवैध रुपमा बिदेसिएका झापाकै धेरै महिला वर्षौंदेखि बेखबर छन् । विदेशमा अनेक यातना सहन बाध्य भए पनि उनीहरु फर्कन सकेका छैनन् । नेपाली महिला विदेश पठाउँदै कमिसन लिन पल्केको गिरोहले भने यो धन्दालाई नयाँनयाँ बहानामा अघि बढाइरहेको छ । मानव तस्करीको संगठित अपराध चलाइरहेकासम्म प्रहरी पुग्न नसक्दा यो क्रम रोकिनुभन्दा तीव्र बनिरहेको छ ।

इलाम चुलाचुलीकी सरिता फुयाल (नाम परिवर्तन) लाई केही साताअघि पूर्वको काँकडभिट्टा नाकामा रहेका माइती नेपालका प्रतिनिधिले रोके । उनी जान लागेको ठाउँबारे सोधपुछ गर्दा सरिताले ‘सिलिगुढीमा हाम्रो कम्पनी छ, त्यहीं जान लागेको’ भन्ने जबाफ दिइन् । उनले माइती नेपालको टोलीसँग ओरियन्ट नामक कम्पनीको नाम लिएकी थिइन् । पछि विस्तृत कुराकानीका क्रममा खुल्यो, सरिता कम्पनी होइन, कुवेत जान हिँडेकी रहिछन् ।

‘साथमा कागजात पनि थिएन, श्रम स्वीकृतिलगायत केही थिएन’, माइती नेपालकी एक कर्मचारीले भनिन्, ‘तर उनलाई कुवेत जाने रहर यति थियो कि दलालले सिकाएअनुसार विवरण ढाँटेर सुनाइन् । परिवार बोलाएर कुरा गर्दा उनी कुवेत जान भनेर हिँडेको पाइयो ।’ उनका अनुसार सरिताले अभिभावकलाई भने आफूसँग सबै कागजात भएको तर भारतबाट जाँदा सस्तो पर्ने भन्दै सम्झाएकी थिइन् । भारतीय कम्पनीको बहानामा अवैध रुपमा विदेश जान खोज्ने सरिता एक्ली महिला होइनन् । दलालले सिकाएको बताएर अवैध रुपमा बिदेसिन खोज्ने र बिदेसिनेको संख्या ठूलो छ । कुनै बेला बिहेको, उपचारको, नातेदारको बहाना गरेर सीमा काट्ने महिला अहिले भारतीय कम्पनीमा हिँडेको भन्दै जोखिमपूर्ण रोजगारीमा गइरहेका छन् । मानव तस्करी नियन्त्रणमा सक्रिय संघसंस्थाका अनुसार काँकडभिट्टा नाकामा यो क्रम झन् बढी छ ।

‘ओरियन्ट, इम्पोरियम तथा अन्य दर्जनौं नेटवर्किङ व्यवसायको सदस्य बनेको छु भन्ने अनि त्यसैको अफिस हिँडेको नाममा बिदेसिनेहरु धेरै छन्’, विश्व सेवा विस्तार संस्थाकी सहायक निर्देशक मुना आचार्यले भनिन्, ‘हामीले मात्रै पनि धेरै महिलालाई खाडी मुलुक पुग्नबाट जोगाएका छौं । केहीलाई फिर्ता पनि ल्याउन सफल भएका छौं, उनीहरु सबै नेटवर्किङ व्यापारको बहानामा त्यता गएका हुन् ।’ सरकारले भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि नेपाली महिला कामदारलाई खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ तर नेपाली महिला जाने क्रम भने रोकिएको छैन । सन् २०१७ मा पूर्वी नाका भएर भारत हुँदै वैदेशिक रोजगारका लागि हिँडेका करिब नौ सय महिलालाई विभिन्न संघसंस्थाले रोकेर आफन्तको जिम्मा लगाएका छन् । तीमध्ये आधाभन्दा धेरैले नेटवर्किङ व्यापारकै नाम लिएका थिए ।

जानकारहरुका अनुसार अहिले भारतमा विभिन्न खाले नेटवर्किङ धन्दा फस्टाएको छ । यस्तो व्यवसायमा हजारौं नेपाली पनि सदस्य छन् । सात हजारदेखि १० हजार भारतीय रुपैयाँ तिरेर सदस्य बनेपछि तिनै कम्पनीका सामान पनि पाइने र सदस्य थप्दै लगेपछि दोब्बर रकम पाइने अफर ती कम्पनीले दिने गरेका छन् । तिनै कम्पनीको विभिन्न खाले औषधि पूर्वको नाकाबाट दैनिक ठूलो परिमाणमा नेपाल भित्रिरहेको छ । ‘नेपालमा प्रयोग अनुमति लिएको छ कि छैन, केही थाहा छैन तर नाकाबाट त्यस्तो औषधि लगातार भित्रिरहेको छ’, काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले भने ‘धेरैलाई त मैले नाकाबाटै फर्काएको छु ।’ तर यस्ता संस्थाहरुको कारोबार र संगठनसँग कुनै सम्बन्ध नै नभएका मानव तस्करले पनि तिनै संस्थालाई देखाएर धन्दा चलाउन थालेका छन् ।

मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्न तथा अपराधीलाई कानुनको दायरामा ल्याउन भन्दै सीमा नाकामा माइती नेपाल, साना हातहरु, विश्व सेवा विस्तारलगायतका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि र प्रहरी परिचालित छन् । उनीहरुले आफ्नो अभियान जतिसुकै कडा पारेको दाबी गरे पनि तस्करी घट्नुको साटो बढिरहेको छ । बेचिनेहरुको संख्या, बेपत्ता हुनेको संख्या थपिएको थपियै छ । बितेको वर्ष विश्व सेवा संस्थाले सबैभन्दा बढी ४ सय १८ महिलालाई नाकामा रोकेर आफन्तको जिम्मा लगायो । संस्थाकी सहायक निर्देशक आचार्यका अनुसार १ सय ४७ जनालाई स्थानीय प्रशासनसँगको सहकार्यमा संस्थाको सेल्टर गृहमा राखिएको छ । सन् २०१७ मा संस्थाले मानव बेचबखिनका ६ वटा मुद्दा दर्ता गरेको आचार्यले बताइन् ।

माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरे सन् २०१७ मा आफ्नो संस्थाले ३ सय १३ महिलालाई नाकामा रोकेर परामर्श प्रदान गरी आफन्तको जिम्मा लगाएको बताउँछन् । अज्ञानता, गरिबी, बेरोजगार, अशिक्षालगायतका धेरै कारणले नेपाली महिला खाडी मुलुक जान बाध्य भएको घिमिरेको भनाइ छ । बितेको वर्ष भारतका विभिन्न स्थानबाट २८ नेपाली महिलाको उद्धार गरेको, मानव ओसारपसार तथाा बेचबिखनमा संलग्न भएको आरोपमा एकजनालाई मुद्दा दर्ता गरेको, हराएका ५० जना महिला फेला परेको उनले बताए ।

साना हातहरु उपशाखा काँकडभिट्टाले पनि १ सय ६९ जना महिलालाई नाकाबाटै रोकेर आफन्तको जिम्मा लगाएको जनाएको छ । संस्थाका अध्यक्ष रमेश गुरुङका अनुसार एकजनालाई भारतको मुम्बैबाट उद्धार गरी नेपाल ल्याइएको छ ।

पतिसँग सम्बन्धबिच्छेद गरेर बसेका महिला, हेपिएका वा घरेलु हिंसाबाट पीडित भएका, दुर्गम गाउँका विपन्न चेलीबेटी, जोखिम अवस्थाका बालबालिका, गाउँबाट सहर पसेर रेस्टुरेन्टमा काम गर्र्ने किशोरी तस्करको निसानामा पर्ने गरेका छन् । उनीहरुलाई प्रलोभन देखाई सहजरुपमैे बेचबिखन गर्न सकिने भएकाले उनीहरु सजिलै तस्करको जालोमा पर्ने गरेका हुन् । वैदेशिक रोजगारीप्रति युवकयुवतीको आकर्षण बढेसँगै मानव तस्करको ठूलो गिरोह बेचबिखनमा सक्रिय छ । वैदेशिक रोजगारमा गएका अधिकांश महिला बेचबिखनको सिकार हुने गर्छन् । माइती नेपालका अनुसार सरकारले प्रतिबन्ध लगाएका नाकाबाट बाहिरिनेहरु बढीजसो बेचबिखनको सिकार हुने गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments