२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काकाकुल चेपाङ बस्ती, सिंगै गाउँ सार्ने तयारी

अ+ अ-

ब्रुसवाङ । ‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ ।’

चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललगायतको टोलीसमक्ष फूलमायाले दुखेसो पोखिन् ।गाउँ आएको सरकारी टोलीसमक्ष फूलमायाले दुखेसो सुनाउँदा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली गम्भीर भयो ।

फूलमायाले थपिन्, ‘बिरामी भएर पानी बोक्न नसक्दा ११ दिनसम्म मुखमा पानी परेन । छिमेकीलाई पैंचो तिर्छु भनेर पानी ल्याउन भनें । निको भएपछि पेप्सीको बोतलमा पानी ल्याएर पैंचो तिरें ।’ यो पीडा फूलमायाको मात्र होइन, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ को विकट बस्ती ब्रुसवाङका चेपाङ समुदायका ३६ घरको हो ।

गाउँको अवस्था अवलोकन गरेपछि प्रजिअ नेतृत्वको सरकारी टोली चेपाङ बस्ती सार्न उपयुक्त हुने निष्कर्षमा पुगेको छ । सरकारी टोलीसँगै ब्रुसवाङ आएका गाउँपालिका प्रमुख हरि डल्लाकोटीले भने, ‘खानेपानी ल्याउने विषयमा धेरैपटक कुरा भए । योजना खर्चिलो एवं दिगो व्यवस्थापनमा समस्या आउने देखिएपछि बस्ती स्थानान्तरणको तयारी भइरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी भण्डारीले खर्चिलो खानेपानी योजना सञ्चालन गर्नुभन्दा बस्ती स्थानान्तरण योजना नै उचित हुने सुझाए । उनले भने, ‘अहिले जनता आवास कार्यक्रम चलिरहेको छ । चेपाङ बस्ती नयाँ ठाउँमा सारेपछि यस पटक ३६ घर बनाउने योजनामा छलफल भइरहेको छ ।’

गाउँमा पूर्वाधार निर्माणभन्दा बस्ती सार्नै कम आर्थिक भार पर्ने भएकाले बस्ती सार्ने योजना बनाइएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पनि सुनाए ।गाउँ आएको प्रजिअसहितको टोलीसमक्ष ब्रुसवाङका चेपाङले पानी खान नपाउँदाका तीता अनुभव मन खोलेर सुनाएका थिए ।

७०÷७५ माथिका वृद्धवृद्धा र ६ महिनाकी सुत्केरीले धित मरुन्जेल पानी खान नपाएको गुनासो गरिरहँदा प्रजिअले सोधे, ‘सरसफाइ र गाईवस्तुलाई पानी कसरी खुवाउनुहुन्छ ?’

चेपाङका मुखिया टेकबहादुरले प्रजिअको जिज्ञासामा भने, ‘तिर्खा लाग्दा पेटभरि पानी खान पाइन्न, कसरी खुवाउने गाईवस्तुलाई, केले गर्ने सरसफाइ ?’

खानेपानीको चरम अभाव भोगेका उनीहरूले पनि बस्ती सारिदिन आग्रह गर्न थालेका छन् । ब्रुसवाङका सोमीलाल चेपाङले भने, ‘पानी मात्र होइन, हामीलाई खाद्यान्न पनि समस्या छ, खोरियाको मकै खेती ढिला गरी पाक्छ । वर्षको ६ महिना त एक छाक खाएरै बित्छ ।’

खाद्यान्न र पानीकै अभाव भएको यो गाउँमा अस्पताल र अन्य आधारभूत सेवाबारे त स्थानीयले कल्पनासमेत गरेका छैनन् ।

खानेपानी र खाद्यान्न अभावका कारण नचाहेरै पनि पुर्खादेखिको थातथलो छाड्न उनीहरू राजी भएका छन् । मुखिया टेकबहादुरले भने, ‘यहाँबाट बाहिर लगेपछि यहाँ भएको खोरिया जत्तिकै जमिनको पनि व्यवस्था गरिदिनुपर्छ । हामीलाई घर मात्रै बनाएर राखिदिए त के खाएर बाँच्ने ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments