चुनावी खर्च २५ लाख, भोट २२९ ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चुनावी खर्च २५ लाख, भोट २२९ !


२० पुस २०७४, बिहिबार


दाङ । राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो ।

रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए । उनले पेस गरेको खर्च विवरण हेर्ने हो भने यो मतपरिणाम निकै अस्वाभाविक देखिन्छ । रोकाले आफ्नो मत कति भन्नेबारे भने थाहा नभएको बताए ।’ म मतगणना नसकिँदै निस्किएँ, त्यसैले मेरो भोट कति भनेर मलाई नै थाहा छैन,’ उनले भने, ‘निर्वाचन कार्यालयले तथ्याङ्क राखेको होला ।’

सबैभन्दा बढी खर्च खानपानमा भएको उनको भनाइ छ ।’ म र मेरा प्रतिनिधिले निर्वाचन कार्यालयले दिएको खर्च विवरणसम्बन्धी फाइलमा एकाएक विवरण भरेका छौँ,’ उनले भने, ‘सबैभन्दा खर्च कार्यकर्ताको खानपानमा भएको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस