नेपालमा वैदेशिक लगानी : प्रतिबद्धता दुई खर्ब, लगानी ५५ अर्ब « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालमा वैदेशिक लगानी : प्रतिबद्धता दुई खर्ब, लगानी ५५ अर्ब


२० पुस २०७४, बिहिबार


काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताले प्रतिबद्धता गरेभन्दा एकचौथाइ मात्रै लगानी गर्ने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार नेपालमा हालसम्म ५५ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । तर, उद्योग विभागमा उद्योग दर्ता गराउँदै विदेशी लगानीकर्ताले नेपालमा २ खर्ब २१ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । विदेशी लगानीकर्ताले प्रतिबद्धताअनुसार लगानी नगरेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालमा अनुकूल राजनीतिक तथा आर्थिक वातावरण नभएका कारण प्रतिबद्धताअनुसार लगानी नआएको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाको अनुमान छ । यद्यपि, सिमेन्ट, जलविद्युत्, होटेललगायत क्षेत्रमा भने पछिल्लो समय विदेशी लगानी भित्रिने क्रम बढेको उनले बताए ।

उद्योग विभागमा ४ हजार उद्योग दर्ता छन् । तर, लगानी ल्याउने २ सय ५२ उद्योग मात्रै छन् । उनीहरुले नै चुक्ता पुँजीका रूपमा सो परिमाणको लगानी नेपाल भित्राएका हुन् । तर, उद्योग विभागका अनुसार हालसम्म नेपालमा विदेशी लगानी रहेका ४ हजार १ सय ९८ वटा उद्योग दर्ता भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस