२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोखिममा अग्नि नियन्त्रक

अ+ अ-

काठमाडौं । वीरगन्जको पटेलनगरपस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान ग्यास चुहावट भएको खबर आएपछि वीरगन्ज महानगरपालिकाको दमकल सेवा ९जुद्ध वारुणयन्त्र० का कर्मचारी घटनास्थलतर्फ हुइँकिए । घटनास्थलमा दमकल रोकेर अग्नि नियन्त्रक (फायर पाइटर) बाहिरमात्र के निस्केका थिए ग्यास विस्फोट भयो र आगोको मुस्लो छुट्यो । मुस्लोमा परी २ जना अग्नि नियन्त्रकको मृत्यु भयो भने अन्य दुईजना गम्भीर घाइते भए ।

‘बिहान ग्यास चुहियो भनेर फोन आयो, मैले तुरुन्त दमकललाई त्यसतर्पm जान निर्देशन दिएँ । उनीहरू (अग्नि नियन्त्रक) कुदिहाले,’ वीरगन्ज महानगरपालिकास्थित जुद्ध वारुणयन्त्रका कमान्डर शेरबहादुर कार्कीले टेलिफोनमा नागरिकसँग भने ।

‘आगोबाट बच्न अग्नि नियन्त्रक आवश्यक सुरक्षित पोसाक (हेल्मेट, चस्मा, ज्याकेट, बुट, पन्जा आदि) नलगाई आगो निभाउन गएका थिए ?’
‘हो,’ कार्कीले भने ।

‘किन त ?’

‘हामीसँग त्यस्तो सुरक्षित कपडा नै छैन,’ कार्कीले भने ।

आगो निभाउन घटनास्थलमा जानुअघि अग्नि नियन्त्रकले अनिवार्य रुपमा आगोले नपोल्ने र नजल्ने (४ देखि ५ मिनेटसम्म) सुरक्षित पोसाक लगाउनुपर्छ । तर, यो न्यूनतम आवश्यकतालाई सरकारले पूरा नगर्दा बुधबार वीरगन्जमा दुईजना अग्नि नियन्त्रकले ज्यान गुमाउनुपर्यो ।
‘हामीलाई आगो निभाउने सामान्य तालिम मात्र दिइएको छ । ग्यास, पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थमा आगो लाग्दा कसरी निभाउने भनेर तालिम दिइएको छैन,’ कार्कीले भने । बुधबारको घटनामा अग्नि नियन्त्रकले ज्यान गुमाउनुपरेको अर्को कारण थियो आवश्यक तालिम अभाव । सरकारले अहिलेसम्म अग्नि नियन्त्रकलाई यस्तो तालिमको व्यवस्था गर्न सकेको छैन ।

‘हामीसँग आगोबाट बच्नका लागि लगाउने कपडा छैन । हालसम्म कसैले दिएको पनि छैन । अग्नि नियन्त्रकसँग आगो निभाउन जानुअघि लगाउने एउटा हेलमेटमात्र छ, त्यो पनि पुरानो भइसक्यो,’ कार्कीले सुनाए ।

वीरगन्जको जस्तो घटना जुनसुकै स्थानमा दोहोरिन सक्छ । तर नेपालभित्र प्रायः सबै ठाउँमा रहेका अग्नि नियन्त्रकको अवस्था उस्तै छ । अग्नि नियन्त्रकलाई न त आवश्यक तालिम नै दिइन्छ न सुरक्षित सामग्री । सबै परम्परागत शैलीमा चलिरहेको छ । ‘यस्तो घटना अन्यन्त्र पनि दोहोरिन सक्छ । यस्तो हुन नदिन सबैजना सचेत हुन त पर्छ नै, साथै अग्नि नियन्त्रकको सुरक्षाको राम्रो व्यवस्था हुनुपर्छ,’ वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले भने ।

विदेशमा अग्नि नियन्त्रक भर्ना गर्नेदेखि अवकाश पाउनेसम्मको मापदण्ड हुन्छ । तर नेपालमा अहिलेसम्म अग्नि नियन्त्रकका लागि न कुनै मापदण्ड बनाइएको छ न ऐनकानुन । सामान्य व्यक्तिलाई भर्ना लिइन्छ, भोलिपल्टै आगो निभाउन पठाइन्छ । त्यसैले आगो निभाउनेजस्तो जोखिमपूर्ण काममा खटिने अग्नि नियन्त्रकहरु भगवान् भरोसामै रहेका हुन्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments