गुमनाम ‘स्वरकिन्‍नरी’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुमनाम ‘स्वरकिन्‍नरी’


१८ कार्तिक २०७४, शनिबार


काठमाडौं । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ। प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया स्टुडियोभित्र पसिन्गी–त रेकर्ड गराउन। विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन।

‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’, रेर्कडिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन्। कृष्णको हाउभाउले शुभ बताइरहेको थियो । उनी सोफामा बसिन् । एकछिन सुस्ताइन् अनि घडी हेरिन् । त्यसपछि झोलाबाट सीडीका पोका र कागजका टुक्रा निकालिन् ‘गीत रेकर्ड गराउन पैसा कहाँबाट ल्याउनुहुन्छ नि आमा ?’ कृष्णले विमलालाई सोधे । उनले पुलुक्क हेरिन् । एकछिन चुपचाप बसिन् । ‘महिनाको एक हजार एकल महिलाको भत्ता आउँछ। त्यही जम्मा गरेर रेकर्ड गर्छु’, विमलाको भनाइ मार्मिक थियो । उनको भनाइले स्टुडियोमा सन्नाटा छायो । उनी भने गीतका पानाहरू मिलाउन व्यस्त थिइन् ।

प्रकाशोन्मुख एल्बम ‘जीवन भोगाइ’ को कभरबारे विमलाले सोधपुछ गरिन् । विमला बाँचिरहेको यो उमेरमा कोही आँगनको डिलमा बसेर नाति÷नातिनी खेलाउँदै होलान् । कोही कौसीमा बुढेसकाल गन्दै होलान् । कोही वृद्धा श्रममा बसेर अन्तिमपटक सन्तानको मुख हेर्न पदचाप पर्खिरहेका पनि होलान् । उनी भने राजधानीका रेकर्डिङ स्टुडियो धाइरहेकी छन् ।

२००७ सालमा नुवाकोट पञ्चकन्या चौताराडाँडामा जन्मिएकी विमलाको पहिलो बिहे सात वर्षको छँदा भयो । बुबा, श्रीमान् लामा राणाकालमा दरबारका सामान्य जागिरे थिए । बालखैमा आमा बुधमाया लामाले उनलाई महाराजगन्ज ल्याइन् । ७ वर्ष पुग्दानपुग्दै उनको बिहे गरिदिने कुरा चल्यो । ‘खेतको आली–आली भागेँ । आमाले पछिपछि लखेट्दै आउनुभयो । खर्पन बोक्ने ज्यापुले समाइदियो । त्यसपछि भाग्न सकिनँ’, उनले भनिन्।

बिहे गरेर जानुपर्ने भन्दा आमासँग छुट्नुपर्ने पीडाले उनलाई पोल्यो। तर, उनको जोड चलेन। रानीवन छेउमा नयाँ बुहारी बनेर भित्रिन्, उनी। ११ वर्षका थिए उनका पति। पति–पत्नीको साइनोसँग दुवै अपरिचित । दुवैजना धुलो माटोमा सँगै खेले। रानीवनमा घाँस–दाउरा काट्न गए । दाउराको भारी बोकेर उठ्न नसक्दा उनले धकेलिदिएको सम्झना ताजै छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस