‘योग्यता पुगेर पनि सचिव हुन पाइनँ’ « प्रशासन
prasaLogo
२४ भाद्र २०७४, शनिबार

‘योग्यता पुगेर पनि सचिव हुन पाइनँ’


प्रकाशित मिति : 9 September, 2017 10:45 am

जीवनप्रभा लामाले झण्डै एक दशक नेपाल सरकारको सहसचिव भएर काम गरिन् । त्यसदौरान उनले थुप्रै प्रशंसनीय कामबाट चर्चा समेत पाइन् । सक्षम र योग्य हुँदा पनि उनी सचिव भने हुन सकिनन् । सेवा अनुभव र सरकारी सेवामा महिलाका चुनौतीबारे उनले प्रशासन डटका विशेष प्रतिनिधि एसराज उपाध्यायसंग यसरी साटेकी छिन् ।

 

बढुवामा महिलालाई प्रायोरिटीमा राखिँदैन

महिलाहरू क्षमता हुँदा पनि मूल्याङ्कन कम हुँदा पछाडि परेका छन् । म यसको भुक्तभोगी नै हुँ । म जतिबेला प्रथम श्रेणीमा थिए, म एक जना मात्रै महानिर्देक थिए त्यो तहमा महिला निकै न्यून थिए । नियम अनुसार महिलाको हकमा चार वर्ष प्रथम श्रेणीमा काम गरिसकेपछि स्वतः माथिल्लो तहमा बढुवा हुनुपर्ने हो । तर, त्यस्तो हुँदैन रहेछ ।

पितृसत्तात्मक ह्याङओभरले बढुवामा महिलालाई प्रायोरिटीमा राखिँदैन । नियम/कानुन भए पनि व्यवहारमा लागू भएको देखिँदैन । म जस्तै अरु पनि थुप्रै महिला हुनुहुन्छ । उहाँहरू जसरी आउनुपर्ने हो त्यो हिसाबले आएको देखिँदैन ।

पोलिटिकल एफिलेसन नहुँदा पछाडि

आन्तरिक परीक्षाबाट र लोकसेवा प्रतिस्पर्धाबाटै सरकारी सेवामा आए । लोकसेवाको परीक्षाफल प्रकाशित हुँदा कतिले पहिलो महिला सचिव हुनेभइयो भनेर बधाइ समेत दिए । मैले त्यो स्टिम लिएर काम गरेको थिएँ ।

त्यसपछि अझै धेरै काम गर्नुपर्छ भन्ने लाग्यो । मुख्य सचिव हुनका लागि पनि समय पर्याप्त थियो । चार वर्ष पुगेपछि हुनुपर्ने हो मैले त १० वर्षसम्म काम गरेँ, तर, मैले त्यो अवसर पाइनँ ।

के कुराको कमी भयो भन्ने थाहा नै भएन । पोल्टिकल अफिलेसन नबनाएर पछाडि परेको भन्ने पछि अनुभूति भयो । महिलाको महिला प्रतिस्पर्धी नै देखिएन यो क्षेत्रमा । महिला प्रतिष्पर्धी भए अझै केही हुन्थ्यो होला । तर, महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्ने, पुरुषभन्दा सक्षम हुँदा पनि मूल्यांकनमा महिलालाई पछाडि पारिँदो रहेछ । सायद मेरो हिसावमा त्यही भयो होला ।

मलाई दोस्रो महिला सचिव बन्ने चुनौती थियो । त्यो चुनौती अनुसार काम गरे जस्तो लाग्छ । तर, नियम मात्र भएर हुँदो रहेनछ ।

 

समाजले नै महिलाको खुट्टा बाध्छ

जिम्मेवारी पाएपछि मैले महिला भएर डबल काम गर्नुपर्छ भन्ने ठाने । तर, समाजले दौडिन सक्ने महिलाको खुट्टा बाध्ने गर्दाे रहेछ । त्यसपछि पुरुषसरह काम गर्न मैले डबल उफ्रिनुपर्यो । त्यसरी नै लक्ष्य त्यसरी नै सेट गरे ।

प्रायोराइट अनुसार काम गर्न थालेपछि केही काम सक्सेस पनि भए । त्यसपछि म त्यो कामप्रति मात्र जिम्मेवार भएँ । मैले अरु कुरा जानिनँ । शून्य भ्रष्टाचार र नियम कानुन पालना गर्ने काम गरे । यस्तै, काम गर्ने सिलसिलामा केही इन्फुलुइन्स धेरै गरेको थियो । मलाई के लागेको थियो भने नियम कानुन पालना तथा इमान्दार भएर काम गरे कसै न कसैले रिकमेन्ड पक्कै गर्छ भन्ने लागेको थियो । तर, त्यो चाही हुँदैन रहेछ । नियम÷कानुन एकातिर र प्रमोसन अर्काेतिर हुने रहेछ ।

 

नेगेटिभभित्रबाट पोजेटिभिटी निकालेर काम गरें

मैले अघि नै भने मेरो लक्ष्य त मुख्य सचिव हुन्छु भन्ने थियो । मैले जब जिम्मेवारी पाए, सरकारले मलाई ठूलो विश्वास गरेको रहेछ भन्ने ठाने । अझ अगाडि बढ्छु भन्ने लागेको थियो । तर, अगाडि बढ्न सकिनँ । त्यतिबेला मैले यति धेरै कन्ट्रिब्युसन गरेको थिएँ । म कता कता शून्य सहनशीलतामा बसेको भएर त्यस्तो भएको होला, नेगेटिभ कुरा कहिलेकाहीँ आउँदो रहेछ । तर पछि मलाई लाग्यो, निजामतीभन्दा बाहिर पनि अरु अन्तर्राष्ट्रिय संस्थाले मलाई हेरिरहेको जस्तो लाग्यो । धेरै ठाउँमा गएर मेले नेपालको राम्रो प्रजेन्टेसन पनि गरेको थिए । अरु पनि हेर्ने छ है भनेर मैले त्यतापट्टिको मनोबललाई हाइ इन्पेरियसन गरेर काम अगाडि बढाए । त्यसपछि नेगेटिभ कुरा मनमा आउनै छाड्यो ।

काम गर्दै जाँदा कतै राम्रो हुँदो रहेछ । त्यसलाई करेक्सन गर्दै जानुपर्ने रहेछ भन्ने हिसाबले त्यसलाई नेगेटिभभित्रको पोजेटिभिटी निकालेर मैले अझै बढी काम गरेर देखाउनु पर्छ र जागिरको अवधिसम्म जुनसुकै पोजिसनमा बसे पनि यसलाई सकरात्मक कुरामा लगाउनु पर्छ भन्ने हिसाबले अगाडि बढे ।

 

र यो पनि,

‘राज्यले महिलालाई प्रायोरिटी दिएकै छैन’

 

Tags :
प्रतिक्रिया दिनुहोस