१३ वर्षदेखि न्याय पर्खदै उपसचिव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१३ वर्षदेखि न्याय पर्खदै उपसचिव


१४ भाद्र २०७४, बुधबार


काठमाडौं । १३ वर्ष पर्खदासमेत सरकारका बहालबाला उपसचिवले नै न्याय पाउन सकेका छैनन् । अहिले सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा प्रमुख उपसचिव जीवन सेढार्इंको १३ वर्षअघि हतय गर्न गोली प्रहार गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन प्रमुख सेढाईंले यातायातमा व्याप्त सिन्डिकेट तोड्न खोज्दा गोली खानुपरे पनि अहिलेसम्म उपसचिव सेढाईंले आफूलाई गोली हान्ने को हो थाहा पाउन सकेका छैनन् । उनी ०५९ चैतदेखि ०६१ जेठसम्म पोखरास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस