२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

अ+ अ-

पोखरा । कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ ।

सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास तथा विस्तारका लागि सो एकाइले काम थालेको हो ।

उक्त एकाइका कार्यालय प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक तरकारीखेतीे विकास तथा विस्तारका लागि सो परियोजनाअन्तर्गत कुल रु ११ करोड ५३ लाख ९९ हजार विनियोजन भएको छ ।

कार्यालयले जिल्लाका विभिन्न पाँच ठाउँमा हाइटेक ग्रिन हाउस मा नर्सरी स्थापना गरिसकेको जानकारी दिँदै उहाँले जिल्लामा कस्टोम हायरिङ सेन्टर, पोष्ट हार्वेट सेन्टर, कृषि प्रविधि केन्द्र स्थापनाजस्ता कार्य पनि अघि बढाइसकेको बताए ।

हाइटेक ग्रिन हाउस नर्सरी स्थापनामा कृषक समूहको १५ प्रतिशत लगानीमा सरकारका तर्फबाट ८५ प्रतिशत अनुदान दिइने जानकारी गराउँदै उहाँले अनुदान सम्झौता भई काम सुरु गरिसकिएको बताए ।

कार्यक्रमअन्तर्गत कस्टोम हायरिङ सेन्टरका लागि ५० प्रतिशत, पोष्ट हार्वेट सेन्टरका लागि ८५ प्रतिशत अनुदान दिइने उहाँले जानकारी दिए ।

जिल्लामा सहभागितात्मक वैज्ञानिक उत्पादन, प्रशोधन प्रविधि तथा स्थलगत तालिम सञ्चालन, कृषि प्रविधि केन्द्र स्थापना, जैविक विषादी कारखाना स्थापना तथा सहयोग, प्राङ्गारिक मल कारखाना तथा सहयोगजस्ता कार्यक्रम पनि समावेश गरिएको कार्यालयले जनाएको छ ।

परियोजनाको लक्ष्यअनुरुप जिल्लाभित्र कुल एक हजार हेक्टर क्षेत्रमा तरकारीखेती विस्तार गर्ने गरी काम अघि बढाइएको प्रमुख श्रेष्ठले जानकारी दिए । रासस

0 Comments