Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकार परिवर्तन सम्भव छैनः उत्तर कोरिया


२२ चैत्र २०७३, मंगलबार


उत्तर कोरिया । उत्तर कोरियाको सरकारी केन्द्रीय समाचार संस्था (कोरियन सेन्ट्रल न्युज एजेन्सी) ले अमेरिकी दैनिक ‘द वाल स्ट्रिट जर्नल’ द्वारा प्योङयाङको आणविक कार्यक्रम विकास नियन्त्रणका लागि नेतृत्वको परिवर्तन गर्न भनी आएको भनाइलाई खण्डन गरेको छ ।

उत्तर कोरियाली न्युज एजेन्सीले मार्च २७ मा प्रकाशित अमेरिकी उक्त पत्रिकाको भनाइलाई उत्तर कोरियामा नेतृत्व परिवर्तन गर्न र आणविक कार्यक्रम नियन्त्रण गर्न अमेरिकी पत्रिकाद्वारा दिएको नीतिगत सुझाव ‘नालायक’ भएको जनाएको छ ।

उत्तर कोरियाले यस भनाईलाई अर्थहीन कुराका रुपमा लिएको बताउँदै प्योङयाङको आणविक बलसहितको सैनिक शक्ति लेवर पार्टीको केन्द्रविन्दु भएको भन्दै सबै उत्तर कोरियाली जनता यसमा एकताबद्ध रहेको उक्त समाचार संस्थाले जनाएको छ ।

यो वास्तविकतालाई अमेरिकाले बुझ्न नसकेको बताउँदै यसैकारण अमेरिकाले विगत केही दशकमा सैनिक असफलता बेहोर्नु परेको प्योङयाङको उक्त समाचार संस्थाले बताएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस