३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेमौसममा बिक्री गर्न सुन्तला भण्डारण

अ+ अ-

म्याग्दी । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन (सेलार स्टोर)मा सुन्तला भण्डारण गरेका हुन् । भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताए ।

बिरौटामा रहेको सेलार स्टोरमा यस वर्ष १५ कृषकले तीन हजार किलोग्राम सुन्तला भण्डारण गरेका छन् । पुसमा बोटबाट टिपेको सुन्तला चैत–वैशाखसम्म राख्न सकिने अध्यक्ष बरुवालले बताए । बेमौसममा प्रतिकिलो दुई सय रुपैयाँका दरले सुन्तला बिक्री गर्न सकिने उनको भनाइ छ ।

बेमौसममा प्रतिकिलो दुई सय रुपैयाँका दरले सुन्तला बिक्री गर्न सकिने उनको भनाइ छ ।

सुन्तलाको स्वाद र गुणस्तरमा ह्रास आउन नदिन चिस्यानयुक्त वातावरण र सुरक्षित रुपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने बिरौटाका कृषकले गत वर्ष गरेको परीक्षण सफल भएपछि यसपालि सुन्तला भण्डारणलाई निरन्तरण दिएका हुन् ।
दोसल्लेमा भने पहिलोपटक परीक्षणका लागि सोलार स्टोरमा सुन्तला राखिएको दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष मिलन गर्बुजाले बताए । “मौसममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने भएकाले केही समय भण्डारण गरेपछि बेमौसममा बढी मूल्य पार्ने प्रयास गरेका हौँ”, गर्बुजाले भने ।

समूहका अनुसार ४५ घरधुरीको बसोबास रहेको दोसल्लेका कृषकले यस वर्ष २५ रुपैयाँ प्रतिकिलोका दरले करिब २० लाख बराबरको सुन्तला बिक्री गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले बिरौटाको भवन बनाउन पाँच लाख र दोसल्लेमा चार लाख ४४ हजार अनुदान सहयोग उपलब्ध गराएको थियो । कृषकले बिरौटाको भवनमा एक लाख ७५ हजार र दोसल्लेमा एक लाख ४८ हजार बराबरको श्रमदान गरेका थिए । सुन्तला भण्डारणको सुविधा भएपछि बगैँचा व्यवस्थापन, रोगकिरा नियन्त्रण र उत्पादन वृद्धिमा सघाउ पुग्ने कृषि कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले बताए ।

पुससम्म फल टिप्दा बोटलाई असर नपुग्ने र आगामी वर्षको उत्पादनमा पनि असर नहुने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस