नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिला सुरु हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिला सुरु हुने


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिलो सुरु हुने भएको छ ।

मंगलबार राति मैदानमा वर्षा र हाबाहुरी लागेको थियो । त्यसैले मैदानको पिचमा पानी पसेपछि खेल एक घण्टा ढिलो हुने भएको हो । पिचमा पानी पसेपछि अर्कोमा गराउने तयारी भएको छ ।

खेल अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ ।

साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस