१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका दश गाविसमा अझै सुरु भएन पुनःनिर्माण

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन ।

जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुनःनिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ ।

विगतमा इन्जिनियरको राजीनामाले पनि पुनःनिर्माणको काम सुस्त भएको हो भन्दै कार्यालयका प्रमुख अष्टलाल सुवालले ती गाविसमा छिटै काम हुने गरी तयारी भएको जिकिर गरे ।

सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुनःनिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले पुनःनिर्माणको काम नाम मात्रैको भएकाले सन्तुष्टि जनाउने ठाउँ छैन भन्दै अहिलेसम्म २८ प्रतिशत भन्दा बढी काम नभएकाले अब यसलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउन आवश्यक भएको बताए ।

जिल्लाको फलाँटे र भुम्लुटार गाविसमा लालपुर्जा नभएका कारण पहिलो किस्ताबापतको रकम पाउन पनि स्थानीयवासीलाई अप्ठ्यारो परेको जानकारी दिँदै प्रजिअ शिंखडाले भूमिहीन र सुकुम्बासीको समस्याले पनि पुनःनिर्मााणको काम प्रभावित भएको बताए ।

स्थानीय विकास अधिकारी, टेकराज निरौलाले जिल्लाको १२ गाविसमा मात्रै पूर्णरुपमा लाभग्राहीसँग सम्झौता भएको जानकारी दिँदै भूकम्पपीडितका लागि दोस्रो किस्ता रकम वितरण गर्न निर्देशिका बन्न ढिलाइ भएकाले समस्या देखिएको बताए ।

जिल्लाका अन्य गाविस र नगरपालिकामा भने पुनःनिर्माणको काम धमाधम भइरहेको छ ।

अहिलेसम्म जिल्लाको ७५ गाविस र पाँच नगरपालिकामा कुल ६७ हजार ७११ लाभग्राहीमध्ये ६२ हजार ४१३ जनासँग मात्रै अनुदान सम्झौता भएको जिविसको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस