Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

“चर्पीमा दिसा गर्नेछौँ, साबुनपानीले हात धुनेछौँ”


६ माघ २०७३, बिहिबार


बनेपा । “पूर्वमा सुनकोसी सिमाना, पश्चिममा झिउ खोला, उत्तरमा खरेलथोक गाविस र दक्षिणमा सुनकोसी र झिउखोला दोभान भित्रको सिमानाभित्र हामी सबै चर्पीमा दिसा गर्नेछौँ र दिसा गरेपछि साबुन पानीले हात धुनेछौँ ।”

आ–आफ्नो आसनबाट सबैजना उठ्छन र सोही वाक्यांश दोहो¥याउँछन्, झट्ट सुन्दा अपत्यारिलोजस्तो लाग्ने वाक्यांश काभ्रेपलाञ्चोकको कोसिदेखा गाविसमा बुधबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख मोहनलाल जैसीले खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा सहभागीलाई शपथ खुवाएको हो ।

उनले गाविसको सिमानाभित्र खुल्ला दिसामुक्त घोषणा गरिएकाले चर्पीमा दिसा गर्ने र साबुनपानीले हात धुने प्रतिबद्धता पूरा गरेर गाविसलाई सरसफाइमा नमुना गाविस बनाउन पनि आग्रह गरे ।

डिभिजन प्रमुख जैसीले सार्वजनिक स्थानमा नयाँ शौचालय निर्माण गर्न तथा निर्माण गरिएका शौचालय व्यवस्थित गर्न नसकेको चुनौती भएको उल्लेख गर्दै भूकम्पका कारण घर भत्केर एउटै छानामुनि, खोर, गोठ तथा भान्साकोठा सँगै रहेकाले सरसफाइमा बाधा आएको बताए ।

कोसिदेखा–७ ठाँटीका नरहरि खकुरेलले चर्पी बनेपछि नयाँ अनुभव हासिल गरेको उल्लेख गर्दै विगतमा चर्पी नहुँदा वनपाखामा खुल्ला ढङ्गले दिसा गरेको बताए ।

केही वर्षअघि मात्रै चर्पी बनेको जानकारी दिँदै चर्पी नहुँदा खकुरेलले आफ्ना बालबालिकालाई वनपाखामा दिसा गराउन समाएर लैजानुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी व्यक्त गरे । “खुल्ला दिसा बस्दा डर, त्रास भएको अनुभव हुन्थ्यो तर अहिले पानीको प्रबन्धसहित निर्धक्क दिसा बस्न पाइन्छ”, उनले भने ।

केही वर्षअघि मात्रै अधिकांशको घरमा चर्पी नभएको जानकारी दिँदै उनले गैरसरकारी संस्थाको अनुदानमा धेरैले चर्पी निर्माण गरेको बताए । गैरसरकारी संस्था क्रिडाक नेपालकी सुपरभाइजर राधिका सुवेदीले चर्पी बनेपछि मानवीय व्यवहार पनि परिवर्तन भएको उल्लेख गर्दै एउटा चर्पीका लागि न्यूनतम रु. पाँच हजार खर्च भएको बताए ।

सो संस्थाका अनुसार चारसय ५० घरधुरी भएको गाविसमा चारसय ५० चर्पी निर्माण भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अनुसार जिल्लामा खुल्ला दिसामुक्त हुने गाविसको सङख्या ३२ पुगेको छ । सन् २०१७ को अन्त्यसम्ममा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी स्वस्थ्यकर बानीको विकास गर्दै पूर्ण सरसफाइ हासिल गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस