Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माणको ठेक्का सम्झौता


४ माघ २०७३, मंगलबार


काठमाडौँ । न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक न्यादी हाइड्रोपावर लि र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिबीच ठेक्का सम्झौता भएको छ ।

लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको ३० मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको हो ।

सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष राजीव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष लिऊ कोछिङले हस्ताक्षर गर्नु भएको आयोजनाका सञ्चार विज्ञ एवम् प्रबन्धक विष्णु श्रेष्ठले जानकारी दिए ।

आयोजनाको निर्माण यही माघको अन्तिम सातादेखि सुरु हुनेछ र निर्माण अवधि तीन वर्षको हुनेछ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमइ बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ ।

यस आयोजनाका लागि जग्गा खरिदको कार्य, पहुँचमार्गको निर्माण, विद्युत्खरिद बिक्री सम्झौता, सुपरीवेक्षण परामर्शदाताको नियुक्ति र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ । यो नदीको वहावमा आधारित आयोजना हो । आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस