Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्ती अञ्चल अस्पतालमा बिरामी बढे


४ माघ २०७३, मंगलबार


दाङ । यहाँको अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामी सङ्ख्यामा वृद्धि हुँदै गएको अस्पतालले जनाएको छ ।

हाल अञ्चल अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ । आवासीय विशेषज्ञ चिकित्सकबाट सेवा लिने बिरामीसँगै अन्य बिरामी पनि दिनहुँ बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालमा पहिले दैनिक एकसय बिरामीले सेवा लिने गरेकामा हाल भने दुई सयभन्दा बढी बिरामी वहिरंग सेवा लिन आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चिकित्सक पदमराज अधिकारीले बताए ।

उनका अनुसार हाल अस्पतालमा बालरोग, हाडजोर्नी चिकित्सक पनि करारमा आएका र अन्य आवासीय विशेषज्ञ चिकित्सक आएका कारण बिरामी पनि बढेका हुन् । अस्पतालमा पहिलोपटक सातजना आवासीय विशेषज्ञ चिकित्सक आउनुका साथै हाडजोर्नी, बालरोग विशेषज्ञ चिकित्सक आएको अस्पतालले जनाएको छ ।

“पहिलेको भन्दा बिरामी ६० प्रतिशतले बढेका छन्, आवासीय विशेषज्ञ डाक्टरका साथै अस्पतालमा अन्य डाक्टर पनि आएका कारण बिरामी बढेको होला”, निमित्त मेसु अधिकारीले भने ।

त्यसैगरी, अस्पतालमा सबैभन्दा बढी बिरामी हाडजोर्नी र स्त्रीरोगका आउने गरेको पनि बताइएको छ । अस्पतालमा हाडजोर्नी, गाइनो, एनएस्थेसिया, फिजिसियन, बालरोग, मानसिक रोग गरी विभिन्न आवासीय विशेषज्ञ आएका छन् । विशेषज्ञ चिकित्सकको अभावमा बाहिर जान बाध्य भएका बिरामीलाई यहीँ सेवा दिने गरेका कारण पनि बिरामीको सङ्ख्यामा वृद्धि आएको बताइएको छ ।

आवासीय विशेषज्ञ चिकित्सक आएसँगै आफूहरुलाई सेवामा सहजता भएको बिरामीले बताएका छन् । “हाडजोर्नीको समस्या थियो, कि त नेपालगन्ज कि त यहाँ आउने डाक्टरहरुलाई कुनुपर्ने समस्या थियो तर अञ्चल अस्पतालमै सेवा पाइने रहेछ, हामीलाई धेरै सहज भयो”, तुलसीपुर–२ का रामबहादुर केसीले भने । त्यसैगरी दाङमा मानसिकलगायत अन्य विशेषज्ञ नभएका कारण पनि बिरामी अन्यत्र सेवा लिन जान बाध्य थिए ।

यसैबीच, अन्चल अस्पतालमा सरकारले ल्याएको विस्तारित सेवा पनि सुरु भएको छ । अस्पतालले अब बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेको मेसु अधिकारीले बताए ।

बिहान ११ देखि २ बजेसम्म ओपिडी र २ देखि ५ बजेसम्म सशुल्क विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेको बताइएको छ । अस्पतालले विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेपनि पैसा तिनुपर्ने भएकाले बिरामी कम आउने गरेको बताइएको छ ।

“हामीहरुले विस्तारित सेवा पनि सुरु गरेका छौँ, सो सेवामा दिनमा पाँच÷छजना मात्र बिरामी आउनुहुन्छ, त्यही पनि टाढाबाट आउने बिरामी मात्र”, अधिकारीले भने ।

सो सेवा त्यति प्रभावकारी नभएको पनि बताइएको छ । १० रुपैयाँमा निःशुल्क चेकजाँच हुनेलाई किन चारसय तिर्नुपर्ने भनेर बिरामी पनि चेकजाँच नगराउने समस्या रहेको अस्पतालका एक अधिकारीले भने । रासस

प्रतिक्रिया दिनुहोस