सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसङ्ग « प्रशासन
prasaLogo
१७ पुष २०७३, आईतवार

सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसङ्ग


प्रकाशित मिति : 1 January, 2017 2:48 pm

काठमाडौँ । विश्व राजनीतिककर्मीका लागि सन् २०१६ मा उनीहरुकोे अतुलनीय योगदानका कारण आफ्नो देशको परिवर्तन सम्भव भएको जस्तो लाग्न सक्छ तर यथार्थमा भने उनीहरूको सफलताको पछाडि कैयौं बलिदानी, सयौंको निरन्तर योगदान र इमान्दार लगनशीलता भने पक्कै थियो । कसैले समाज परिवर्तनको लागि आफ्नो जीवनलाई नै सङ्कटमा पारे, कतिले जीवन नै गुमाए भने कतिले राष्ट्रको इमान्दार सपुत बन्नका लागि निरन्तर खटे यसलाई सन् २०१७ ले विर्सिने छैन ।

अमेरिकी राजनीतिमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको विजय होस वा बेलायती नेतृत्वमा थेरेसा मेको उदय वा यस वर्षको नोवेल शान्ति पुरस्कार विजेता कोलम्वियाली राष्ट्रपति जुवान म्यानुयल सान्तोस उनीहरुका पछाडि थुप्रै व्यक्तिको योगदान रहेको छ ।

रिपव्लिकन नेता ट्रम्पको विजयमा यसका हजारौँ नेता तथा लाखौँ कार्यकर्ता र शुभचिन्तकको भूमिकालाई बिर्सनु उनीहरू प्रतिको अपमान हुन्छ । थेरेसा मेको सफलतापछि अन्य कन्जर्भेटिभ पार्टीको योगदानलाई विर्सनु वा कोलम्वियाली राष्ट्रपतिको यहाँको विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउने कुरासँग विद्रोहीको वर्तमान सत्तासँग मिलेर अघिवढ्ने लामो सङ्घर्षपछिको सोचले मद्दत अवश्य गरेको छ ।

तर कुरा के हो भने अमेरिकी राजनीतिमा अप्रत्याशितरुपमा उदीयमान व्यक्तित्व ट्रम्पले अमेरिकी प्रशासन सम्हालेपछि लिने दिशाले अमेरिकाको अन्तरराष्ट्रिय छविमा आउने दिनमा कस्तो असर पार्ला वा आगामी दिनमा अमेरिकी राजनैतिक एवम् आर्थिक नीति कस्तो हुनेछ । सवैको कोतुहलताको विर्षय बनेको छ । बेलायतको यूरोपियन यूनियनबाट हुने बहिर्गमनले बेलायत, लामो समयदेखि वेलायतको श्रम बजारमा आश्रित केही गरिब यूरोपेली मुलुकमा कस्तो प्रभाव पार्नेछ वा यूरोपमा यसको प्रभाव कस्तो रहने छ भन्ने कुरालाई सम्पूर्ण विश्वले हेरेको छ ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको आगमनले त विश्वलाई नै तरङ्गित पारेको छ । ट्रम्पबाट निर्वाचनका समय आप्रबासी, व्यवसायिक, तथा नयाँ उत्पादनको विषयलाई लिएर उठाइएका प्रसङ्गले विश्वका विभिन्न भागबाट त्यहाँ पुगेका जो कोहीलाई पनि तर्साएको छ । यद्यपि निर्वाचनका समय नेताहरूले राष्ट्रियताका सवाललाई उठाएर हुन्छ वा विकासका प्रसङ्ग जोडेर हुन्छ मतदातालाई आकर्षित गर्ने विश्वव्यापी प्रचलननै छ । ट्रम्पको अभियानलाई यसै विषयसँग जोडेर विश्लेषकहरुले व्याख्या गर्ने गरेको पनि पाइन्छ ।

अमेरिकी प्रशासनलाई दश वर्षसम्म सम्हालेका वर्तमान् राष्ट्रपति बाराक ओबामाले ट्रम्पको अमेरिकी राष्ट्रपतिमा भएको विजयपछि विश्वसमुदायले अमेरिकाले आगामी दिनमा अख्तियार गर्नसक्ने भनी चलेका हल्लालाई लिएर चासो व्यक्त गर्ने गरेको भनी हालै प्रकाशित ‘द वे अहेड’ नामक द इकोनोमिस्टमा प्रकाशित लेखमा बताउनुभएको छ । चासो स्वभाभिक छ किनकी विश्वभरिका नागरिक ट्रम्पका अनियन्त्रित तथा उत्तेजनात्मक चुनावी भाषणबाट तर्सिएका छन् ।

अन्य देशमा भन्दा आप्रबासी जनशक्ति, व्यापार र प्राविधिक उत्पादनबाट बढी फाइदा लिन सफल राष्ट्रमा एक्कासी देखिएको आप्रबासी विरोधी, उत्पादन विरोधी संरक्षणवादले यस पहिले अमेरिकीको मानसपटलमै नरहेको विकृतिलाई कसरी अनुसरण गर्न थाल्यो भनी आफुमाथि प्रश्न गरिन थालेको उहाँले बताउनु भएको छ । वर्तमान अमेरिकी राष्ट्रपतिमाथि अमेरिकास्थित नेपाली आप्रबासीको पनि यिनी र यस्तै प्रश्न रहनु स्वभाविक हो । किनकी नवनिर्वाचित राष्ट्रपतिले भनेका आप्रवासी सम्वन्धि नीति लागु गरियो भने यसबाट अमेरिकामा बस्ने हजारौं नेपाली पनि प्रभावित वन्नेछन् । यो चासो अन्य मुलुकका लागि पनि सही देखिन्छ ।

अहिलेको अमेरिकी राजनैतिक परिवर्तनले विश्वलाई केही निराश बनाएको छ यद्यपि अमेरिका करिब दुई शताव्दीदेखि आर्थिक तथा सामाजिक प्रगतिको प्रशंसनीय स्रोत भएको छ, अमेरिकी राष्ट्रपतिले भन्नुभएको छ ।

विश्वव्यापीरुपमा आर्थिक मन्दी छाइरहेको र त्यसको असर अमेरिकामा पनि देखिन सुरु गर्दैगर्दा वर्तमान राष्ट्रपति ओबामाको आगमन भएको थियो । आफ्नो दुई कार्यकालमा ओबामा प्रशासनले अमेरिकी अर्थतन्त्रलाई थप विग्रनबाट जोगाउन सफल रहेको र यसले बाँकी विश्वलाई पनि आशाबादी तुल्याएको वर्तमान अमेरिकी राष्ट्रपतिको दावी छ ।

ट्रम्पले अमेरिकामा ‘गैरकानूनी’रूपमा रहेका झन्डै एक करोड १० लाख विदेशीलाई कानूनी दायरामा ल्याउने, सीमा क्षेत्रमा कडाई गर्ने, आप्रबासीहरूको अमेरिका प्रवेशलाई कानूनी आधारमा मात्र प्रवेश दिने कुराले खासगरी पुरातनबादी अमेरिकीलाई आकर्षण ग¥यो ।

संसारकै शक्ति राष्ट्र भएको कारण यसको आर्थिक तथा राजनीतिक प्रभावले विश्वलाई तरङ्गित पार्छ नै । त्यसैले अनपेक्षितरुपमा ट्रम्प आएपछि उनले लिने नीतिले अब संसारलाई के कसरी छुने हो भन्ने कौतुहलतापूर्ण चर्चा अहिले पनि छ । सायद उनले आफ्नो कार्यभार सम्हालेपछिको केही महिनासम्ममा उनको कार्यशैलीले यो चासोलाई कुनै न कुनै रुपमा बताउला नै । आशा गरौ ।

बेलायतले युरोपेली युनियन छोड्ने निर्णय र बेलायतको राजनीतिमा थेरेसा मेको आगमन सन् २०१६ को अकल्पनीय परिणाम थियो । तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले करिब छ वर्र्षसम्म बेलायतको नेतृत्वमा रहेर पनि त्यहाँका जनताले उनलाई कति पत्याउछन् भन्ने सही आँकलन गर्न नसक्दा वा बेलायती नागरिकले युरोपेली युनियन छोडन चाहन्छन कि चाहदैनन् भन्ने बुझ्न सकेको भए सायद उनी जनमत सङ्ग्रह गर्दैनथे की रु केन्द्रमुखी राजनीतिले उनलाई असफल सावित तुल्यायो । बेलायतले युरोपेली युनियन छोड्नुपर्छ भन्ने पक्षमा ५२ र छोड्नुहुदैन भन्ने पक्षमा ४८ प्रतिशत बेलायती जनाताले मत व्यक्त गरे ।

जनमत संग्रहको परिणाम उनका लागि दुर्भाग्यपूर्ण त सावित भयो नै । यसले बेलायती जनता उद्योगी तथा ब्यापारीलाई अन्योलमा धकेलिदिएको छ । झन्डै आधा जनताले बेलायत इयूमा नै रहनुपर्ने धारणा ब्यक्त गरेपनि खासमा उनीहरुको हार भयो । यसमा क्यामरुनले फरक बाटो लिएको भए सायद यो अस्तव्यस्तता हुने थिएन ।

सन् २००९ तिर विश्वमा देखिएको आर्थिक मन्दीले युरो क्षेत्रलाई कैयौं वर्षसम्म सतायो । ग्रीस लगायतका केही मुलुक अझै त्यसको प्रभावबाट पार पाउन सकेका छैनन् । ग्रीस, पोर्चुगल स्पेन र बेल्जियम लगाएतका केही युरोपेली राष्ट्र अहिलेपनि आर्थिक सङ्कटको सामना गरिरहेका छन् ।

मध्यपूर्वी केही मुलुक सिरिया, यमन, इराकलगायतले अघिल्ला वर्र्ष झै सन् २०१५ मा पनि द्वन्द्वको सामना गर्नु प¥यो । द्वन्द्वग्रस्त यी मुलुकले आफ्नो अर्थतन्त्र सुधारका लागि सोच्ने त के द्वन्द्वको भुमरीबाट आफुलाई बाहिर तान्न समेत पाएका छैनन् ।

कोलम्विया लगायतका केही दक्षिण अमेरिकी मुलुक तथा अष्ट्रेलियामा पनि वैज्ञानिकद्वारा अलनिनो नाम दिइएको मध्यप्रशान्त महासागरिय क्षेत्रको तातो पानी पूर्वतिर विस्तारित हुँदै उत्तर र दक्षिण अमेरिकातिर लाग्दा आएको खडेरीले उक्त क्षेत्रलाई नराम्ररी प्रभावित पा¥यो । यसले केही यस क्षेत्रका मुलुकमा भोकमरी कै स्थिति पैदा ग¥यो । कतिपय मुलुकले आफ्ना नागरिकलाई बचाउन यस क्षेत्रमा प्रशस्त रूपमा पाइने खालका वन्यजन्तुलाई मारेर खाद्यान्नको चरम अभावबाट टाढा राख्ने प्रयास गरे भने ती देशमा आर्थिक उन्नतिका लागि न्यून कामहरु मात्रै भए ।

टर्कीमा भएको असफल सैनिक कूले यस देशको ध्यान आर्थिक गतिविधिभन्दा बढी आन्तरिक सुरक्षामा खर्चिनुप¥यो । गएको जुलाई १५का दिन टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान बिदामा रहेका बेला त्यहाँको सेनाले असफल कू को प्रयास ग¥यो ।

सेना रातिको समय पारेर सडकमा ओर्लियो र जथाभावी आक्रमण ग¥यो । सरकारी टेलिभिजन नियन्त्रणमा लियो, सैनिकलाई नियन्त्रणमा लियो र सत्ता लिएको प्रचार ग¥यो । सेनाको एक टुकडीले गरेको यो प्रयास सफल भएन । तर यसपछि टर्कीका हजारौंको सङ्ख्यामा कर्मचारी, सेना, प्राध्यापक, शिक्षकलगायतले जागिरबाट हात धुनुप¥यो । ठूलो सङ्ख्यामा जेल जानुुप¥यो । त्यस्तै कम्तीमा पनि ५० हजार जनाले जागिरबाट हात धुनुप¥यो भने २०० जनाभन्दा बढीले ज्यान गयो । त्यो प्रयास असफल भयो र त्यस प्रयासमा सम्लग्न सेनाहरु पनि सयौं जना जेलमा तानिए त सयौंले सुरक्षाका लागि शरण पाउन अझै आग्रह गरेका खबर अन्तर्राष्ट्रिय माध्यममा आउने गरेका छन् ।

सिरियामा विगत केही वर्र्ष यता आर्थिक विकासका एजेण्डाले सरकारको ध्यान नै तान्ने गरेको छैन । राज्यको चिन्तन केवल भोली कति हतियार बनाउने वा भित्राउने भन्नेमा केन्द्रित भएको छ ।० द्वन्द्वले हजारौ वर्र्ष पहिलेदेखि बनेका संरचना नासिएका छन् । सिरियामा गएका छ वर्षदेखि वर्तमान् द्वन्द्वको सुरुवात भएपनि सन् २०१५मा धेरै नागरिकले ज्यान गुमाए । वर्षको सुरुवातमै अर्थात् सन् २०१६ फेब्रुअरी २७ मा रसिया र अमेरिकाले सिरियाको बारेमा संयुक्त युद्धविराम प्रस्ताव ल्याए र त्यसमा समर्थन गर्ने भए । त्यसले अब सिरियामा शान्ति स्थापना हुने भयो भन्ने आशालाई संसारभरी जाग्योे । तर केही समयपछि मुलुक पुरानै हिंसाको बाटोमा फर्कियो । पाँच वर्षदेखि हिंसाको चपेटामा परेका सिरियाली जनताको आशाको दियो धेरै बलेन र पुनः उही हिंसा सुरु भयो । अहिले पनि सिरियाको हिंसा संसारमै चहराएको छ ।

गत बिहीबार टर्की र रसियाको पहलमा सिरियामा द्वन्द्वरत सरकार र विद्रोही प्रतिपक्षबीच युद्धविराम सम्भौता भएको छ । यसले सिरिया द्वन्द्वलाई समाधान गरोस् सिरिया लगायत विश्वभरिनै शान्तिको दियो बलोस् । यही आशा राखौं ।

प्रतिक्रिया दिनुहोस