नेपाल प्रहरी चुकेकै छैन « प्रशासन
prasaLogo
४ पुष २०७३, सोमबार

नेपाल प्रहरी चुकेकै छैन


प्रकाशित मिति : 19 December, 2016 8:15 am

 

नेपालमा लागू औषधको प्रयोग र ओसारपसार गर्नेहरुका लागि एउटा डरलाग्दो हाउगुजी र खतरा हुन डिआइजी जयबहादुर चन्द । चन्दले लामो प्रहरी सेवाका दौरान पछिल्लो पौने एक वर्ष लागू औषध नियन्त्रण ब्यूरो प्रमुखका रुपमा उदाहरणीय काम गरेर देखाईरहेका छन् । टीम परिचालन र अपराध नियन्त्रणमा विशेष ध्यान दिएकै कारण उनको कार्यकालमा नेपाललाई लागू औषधको केन्द्र बनाउनेहरुको निदहराम हुँदै गएको छ । नेतृत्व काविल भए प्रहरी यस्तो डरलाग्दो सामाजिक अपराध र विकृति रोक्न सफल छ भन्ने उदाहरण चन्दको छोटो कार्यकालले पुष्टि गरेको छ । यसै सेरोफेरोमा प्रशासन डटकमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले ब्यूरो प्रमुुख चन्दसंगको गरेको कुराकानी:

तपाईले लागू औषध नियन्त्रण ब्यूरोको नेतृत्व सम्हालेको कति भयो ?
करिव नौ महिना भइसक्यो ।

आफ्नो नेतृत्वमा गरेका मुख्य मुख्य कारवाहीहरु के के हुन् ?
नेपाल कोकिनको ट्रान्जिक्टको रुपमा विकास भइरहेको छ । कोकिनको इन्टरनेश्नल माफियाहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट जुन बनाउदै आएका छन् त्यसमा हामीले आक्रमक कारवाहीहरु ग¥यौं । पाँच छ महिनाको अवधिमा कोकिनको अन्तराष्ट्रिय माफियाहरुमाथि गरेको छ सात वटा ठूल ठूला कारवाहीलाई महत्वपूर्ण रुपमा लिएका छौं ।

संघाइ गु्रपको आर्याफर्माबाट चार सय केजी प्रिकरसर केमिकल, जुन सुडो हामीले समात्यौ । यो अहिले सम्मकै पहिलो, ठूलो र सफल कारवाहीका रुपमा लिएका छौं । यसबाट एमफिटामाइन भन्ने लागु औषध बन्छ । जुन अन्तराष्ट्रिय बजारमा नयाँ ड्रग र अत्यन्त महंगो उत्तेजना सृजना गर्ने ड्रग हो र यो अहिले संसारमा निकै ब्यापकता लिइराछ, लागु औषध प्रयोग गर्नेहरुमा । वर्षौ देखि यिनिहरुले त्यसबाट र सिडोफिडेनको प्रिकर्सर केमिकललाई डिर्भसन गर्दा रहेछन् । औषधि उत्पादन कम्पनिहरुले यस्तो धन्दा गर्दा रहेछन् भनेर एउटा नयाँ केस स्थापित भएको छ । लागू औषध ब्यूरोको इतिहासमा र नेपाल पुलिसको इतिहासमा यो क्राइम डिस्कोभरी नै हो । यसलाई सबै भन्दा ठुलो महत्वपूर्ण उपलब्धि मानेको छु ।

कति संतोषप्रद वा उत्साहजनक सफलता हो यो ?
अहिले हामीले जति पनि केसहरु यो सात आठ महिनामा कार्यमा ल्यायौं । त्यसमा कुनै अपराधी फरार रहेको अवस्थामा पक्राउ पर्न बाँकी होला अन्यथा ९० प्रतिशत हाम्रो सफलता छ ।

आफ्नो अभियान संचालन गर्दा खास के के चुनौतिहरुको सामना गर्नु प¥यो ?
साधनस्रोतको अपर्याप्तता छ । लागू औषध नियन्त्रण ब्यूरोले देशव्यापी रुपमा क्याम्पेनिङ, ड्रग विरुद्धको अभियानहरु सञ्चालन तथा ड्रग विरुद्धका कारवाहीहरु सफल गर्नका लागि सबभन्दा ठूूलो समस्या नेटर्वमा देखिएको छ । यसको नेटवर्कको अवस्था कमजोर छ । किनभने एक सय दुई जना हामी व्युरोको स्टाफ छौं र सात वटा सेटेलाइट युनिट छ । सेटलाइट युनिटमा पनि सामान्यतयाः दुई जना, तीन जना, पाँच जना प्रहरी कर्मचारीहरु काम गरिराखेका छन् ।

ड्रगको हिसाबले बढी सम्बेदनशील मानिने मधेशका जिल्लाहरुमा जस्तो झापा, मोरङ्ग, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, कञ्चनपुर, पोखरा यी ठाउँहरुमा हाम्रो सेटलाइट युनिट छ । सेटलाइट युनिटमा पनि प्रर्याप्त दक्ष जनशक्ति छैन । साधन स्रोत छैन । सानो टिम छ । त्यसले गर्दा लागू औषध ब्यूरोको जुन उद्देश्य हो त्यसलाई परिपूर्ति गर्नका लागि हाम्रा अभावहरुले ठुलो चुनौति थपेको छ ।

नेपाल पछिल्ला वर्षहरुमा लागू औषध ओसार पसार केन्द्र बनेका दृष्टान्तहरु सार्वजनिक भैरहन्छन् । किन आयो यस्तो स्थिति ?
हामीले कोकिनका घटनाहरुमा इन्टरकन्टिनेन्टल अपराधीहरुको नेटवर्क समात्यौ । अहिलेको हाम्रो कानुन कतै लागूऔषध ट्राफिकर मैत्री कानून होकी भन्ने लाग्छ मलाई किनकी यहाँ मृत्युदण्ड छैन । जस्तो एमफिटामाइन(आइसड्रग)को जेल सजाय दुई देखि दश बर्षसम्म छ । उत्तेजना श्रृजना गर्ने भनेर त्यसलाई सजायको मात्रा कम गरेको छ । जबकी आइसड्रग अहिलेको मार्केटमा सबभन्दा राम्रो मार्केट लिइराखेको र ड्रगयुजरको बिचमा लोकप्रिय ड्रग हो र महंगो ड्रग हो । त्यसको सजाय न्युन छ । लागू औषध कारोवारीलाई त्यहाँ मृत्युदण्ड छैन भन्ने ढुक्क छ । धेरैजसो मुस्लिम देशहरुमा, गैरमुस्लिम देशहरुमा पनि चाइनामै भन्नुस्, कतिपय देशहरुमा आज पनि लागूूऔषध कारोवारीलाई मृत्युदण्ड छ । नेपालमा मृत्युदण्ड छैन । पक्राउ परेन भने ठुलो उपलब्धी, करोडौको आम्दानी हुने पक्राउ परिहाल्यो भने दुई तीन वर्षको जेल सजाय हो भन्ने उनिहरुलाई एक किसिमको इन्सेन्टिभ फिल हुन्छकी जस्तो लाग्छ मलाई । त्यसैले अब सोच्न जरुरी छ । यी कानुनहरुलाई कडा बनाउन जरुरी ठानेको छु मैले ।

आवश्यकता अनुसार समयानुकुल कानुन बनाउनका लागि यहाँहरुले कुनै प्रयास गर्नु भएको छैन ?
हामीहरुले त प्रस्तावहरु पठाएका छौ । यो ब्यूरोको जिम्मेवारी गृह मन्त्रालयको हो र गृह मन्त्रालयले हाम्रा सुझावहरु लिएर सम्बन्धित निकायमा पहल गरिरहेको छ ।

खासगरी लागूऔषध कारोवारी गिरोहका भरीयाहरु मात्रै समातिने तर मुख्य योजनाकार फरारै रहने गरेको तथ्य प्रहरी कारवाहीका तथ्यांकले नै देखाउछ, किन यस्तो हुन्छ ?
आम मान्छेले सधै त्यो सोच्न सक्छन् । मिडियाका साथिहरुले पनि सधै त्यही प्रश्न गर्छन् । हामीले तीन चार दिन अगाडि दुइ जना मलेसियन नागरिक एक जना लेडिज एक जना पुरुष मान्छे पक्राउ ग¥यौं । तिनीहरुले त्यो लागू औषध कोकिन ब्राजिलको सावपाउलोबाट ल्याएका छन् । सावपाउलोमा त हाम्रो पहुँच छैन । मेन डन चाँहि कहाँ छ त सावपाउलोमा छ । त्यसको स्टोर कहाँ हो त सावपाउलो । ओरिजिनेशन प्वाइन्ट कहाँ भयो त ब्राजिल । ब्राजिलमा नेपाल पुलिस गएर अनुसन्धान गर्न सक्दैन । किनभने यहाँ ट्रान्जिटको रुपमा लागू औषध पक्राउ हुँदाखेरी मेन डनसम्म पुग्ने टेरिटोरियल समस्याहरु छन् । अर्काको देशमा नेपालको पुलिस त्यसै इन्मेष्टिगेशन गर्न सक्ने अवस्थामा हुँदैन ।

नेपालको एनसिबिले ब्राजिलको एनसिबिलाई त्यो कम्युनिकेशन गरिदिन्छ । जस्तोः एउटा केसमा हंगकङमा एउटा बोस छ भन्ने हाम्रो इन्मेष्टिकेशनले देख्यो । हामीले हगंकङ पुलिसलाई लेख्यौ । लागू औषधको मुख्य बोस कहाँ बस्छ ? त्यो देशको पुलिससँग हाम्रो पत्राचार हुन्छ । उनीहरुको त्यो सिष्टम पनि छैन । तिमीहरुको पत्रचार अनुसारको हामीले पक्राउ ग¥यौ, त्यो देशलाई कम्युनिकेशन गर्ने सिष्टम छैन । सायद कतिपय डनहरुलाई उनीहरुले कारबाहीको दायरामा ल्याए पनि होलान् । जहाँसम्म हाम्रो यहाँँ लागू औषध पक्राउ भएको छ, त्यो ट्रान्जिटको रुपमा नै आएको छ । त्यसैले ट्रान्जिटको रुपमा पक्राउ भएको लागू औषधको भरिया नै फेला प¥यो । यसलाई यसरी बुझ्नुपर्छ जस्तो लाग्छ मलाई ।

नेपालललाई ट्रान्जिट प्वाईन्ट बनाएर लागू औषध ओसार पसार गर्ने अन्र्तराष्ट्रिय गिरोह नै सक्रिय रहेको प्रहरी कारवाहीका घटनाले पनि देखाउछ । यस्तो स्थिति कसरी बन्यो ? अनि त्यो गिरोहसम्म पुगेर उनीहरुलाई कारवाही गर्न नेपाल प्रहरी किन चुक्यो ?
नेपाल प्रहरी चुकेकै छैन । तपाइलाई मैले अघि नै भनिहाले, जस्तो कोकिनको जब कुरा उठ्छ कोकिनको ओरिजिएनेशन ल्याण्ड भनेको ल्याटिन अमेरिका हो । मेक्सिको, पेरु, ब्राजिल, गोलेभिया, अर्जेन्टिना ल्याटिन अमेरिकी कन्ट्रिहरुमा कोकिन उत्पादन हुुने हो । अब जतिपनि कोकिन यहाँ आयो त्यसको भण्डारण, उत्पादन, सञ्चय कहाँ हुन्छ त भन्दा ल्याटिन अमेरिकामा हुन्छ । ल्याटिन अमेरिकामा नेपाल पुलिस गएर इन्मेष्टिकेशन गर्न सक्ने अवस्था त हुदैन नी त ? त्यसैले हामी कहाँ त ट्रान्जिटको रुपमा आउँने भरिया नै पक्राउ पर्ने हो ।

जस्तो गाँजा, चरेस जस्ता नेपालको प्रोडक्टसन जति छ त्यसको हामी मालिकसम्म पुगेका छौ, भरिया होइन । कारखानमा हामीले धावा बोलेका छौ । तर जसको मुख्य प्वाइन्ट नै नेपाल होइन, त्यसको ओनरसम्म त प्राविधिक कारणले हामी पुग्न सक्दैनौं । हामी एनसिवि पत्राचार गर्छौ । सूचना दिन्छौ । बाँकी ब्राजिलको एनसिविले कसरी जान्छ । त्यो उसको देशको कुरा हो ।

ईन्टरपोलसंगको नेपाल प्रहरीको सहकार्यको पनि लामै सम्बन्धको ईतिहास छ । के पर्याप्त सहयोग नमिलेको हो यो मामलामा ईन्टरपोलबाट नेपाल प्रहरीलाई ?
होइन । लागू औषध कारोबारी विरुद्धको क्याम्पेनिङमा युएनओडिसीको नेतृत्वमा संसार एकै ठाउँमा छ । त्यसपछि इन्टरनेशनल ड्रग इन्पोशमेन्च कन्फेन्स भन्ने अमिरिकी नेतृत्वमा पनि छ । त्यसमा ११२ देश सदस्य छन् । यसैले हरेक देशको चासो हुन्छ । लागू औषधको कुनै पनि सूचना दियो भने हरेक देशको चासो हुन्छ । हामीले पनि अन्य देशले दिएको सूचनाको आधारमा यहाँ लागू औषध कारोवारी पक्राउ गरेका छौ । हामीले दिएको सूचनाका आधारमा अन्य देशमा पनि पक्राउ भएका छन् । सबैभन्दा बढी इन्टरनेशनल कम्युनिटीमा अर्थात अन्तराष्ट्रिय प्रहरी संगठनहरुमा एक्सचेन्ज हुने सूचना भनेकै लागू औषध सम्बन्धि हो । यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग हुन्छ । यसमा सबै देश सक्रिय हुन्छन् ।

नेपाल भित्रै पनि कारगार र सुधार केन्द्रहरुको तथ्याँक हेर्ने हो भने लागू औषध कारवारी तथा दुव्र्यसनीहरु निकै बढीरहेको प्रमाणित हुन्छ । यो किन बढ्दो अवस्थामा छ ?
२०६३ को लागू औषध सर्वेक्षण अनुशार ४६ हजार लागूू औषध दुव्र्यसनी थिए । त्यो पनि जम्मा २० जिल्लामा गरिएको थियो । २०६८ मा गर्दा ९१ हजारमा पुगेको छ । पाँच बर्षपछि डबल भयो । अब फेरि पाँच बर्ष पुगि सकेको छ । अहिले ग¥यो भने पक्कै पनि दुई लाखको तथ्याङ्क निस्किन्छ होला । यसबाट के देखिइराखेको छ भने प्रत्येक पाँच बर्षमा डबल भएको तथ्याङ्क त हामीसँग स्पष्टै छ । या पछिल्लो पाँच बर्षमा डवल भयो की त्रिपल पो भयो त्यो त आउँन बाँकी नै छ ।

लागू औषध दुव्र्यसनीको संख्या दिनानुदिन बढिरहेको छ । यसका विभिन्न कारण छन् । एउटा त बेरोजगारी हो । दोस्रो जनचेतनामुलक क्याम्पेनिङ कम छ । तेस्रो कानूनहरुमा पनि परिमार्जन र संशोधन जरुरी छ । त्यसपछि उपकरण । लागू औषध नियन्त्रण गर्ने उपकरणहरु देशव्यापी रुपमा प्रयाप्त छैनन्, नेटवर्किङ छैन । अहिले लागू औषध ब्यूरोको सातवटा सेटेलाइट युनिटले सामान्यतयाः इन्फरमेशन ल्याउने र मुख्य मुख्य ठाउँमा मात्रै फोकसिङ गर्न सकेको छ । यो भयाबह समस्या हो र यसलाई न्यूनिकरणका लागि अब लागू औषध न्यूनिकरण ब्यूरो पचहत्तरवटै जिल्लामा युनिट हुनुपर्छ । सबै जिल्लाहरुमा लागू औषध ब्यूरोले नै मुद्दा चलाउने व्यवस्था गर्नुपर्छ । त्यसका लागि राज्यले स्रोत साधन जुटाइदिनु प¥यो ।

मन्द विषका रुपमा लागू औषध प्रयोगले नेपाली युवा पुस्तालाई मुक्त गर्नै नसक्ने गरी गाजिसकेको हो जस्तो देखिन्छ । के भन्छ प्रहरीको तथ्यांक, अनुसन्धान र कारवाहीको रेकर्डले ?
अहिले खासगरी नेपालको काठमाडौँ उपत्यका, पोखरा, बीरगञ्ज, भैरहवा, नेपालगञ्ज, कैलाली, मोरङ, झापा जस्ता जिल्लाहरुमा ब्यापकरुपमा लागू औषधको कारोवार हुने गर्छ । यसको सेवन, लागू पदार्थ दुव्र्यसनिको संख्या व्यापक छ । यसलाई नियन्त्रण गर्नका लागि नेपाल पुलिसले ब्यूरोको स्टाफहरु पनि आफ्नो तरिकाले परिचालित गरेका छन् । र, बाँकी पुलिसहरु पनि लागू औषध नियन्त्रण गर्ने कार्यमा प्राथमिकताका साथ लागेका छन् । त्यसका बाबजुत पनि किन बृद्धि भइराछ त दिनानुदिन ? लागू औषध दुव्र्यसनीको संख्या ? मेरो विचारमा अहिले सबै स्टेकहोल्डरको भूमिका दुरुस्त हुन सक्या अवस्था छैन । जस्तो अभिभावकको भूमिका, विद्यालयको भूमिका, नागरिक समाजको भूमिका, पुलिसको भूमिका, लागू औषध व्यवस्था विभागको भूमिका लगायत सबै कन्सर्नहरु । सबैको भूमिकमा हामी कतै न कतै चुकिरहेका छौ । त्यसैले यसमा जोइन्टभेन्चर जरुरी छ । सबै स्टेकहोल्डर, सबै कन्सर्न निकाय, सबै पीडित एक ठाउँमा उभिन जरुरी छ । यो एउटा नयाँ प्लानिङका साथ, नयाँ कार्ययोजनाका साथ अगाडि बढेनौ भने यो स्थिति अझ भयावह हुँदै जान्छ ।

औषधि उत्पादक तथा वितरक र केही हदसम्म स्वास्थ्यकर्मीहरु पनि लागू औषध कारोवारमा संलग्न भएका घटनाहरुले त स्थिति भयावह भैसकेको प्रमाणित गर्छ नी हैन र ?
संघाई ग्रुपको संलग्नतामा प्रिकर्सर केमिकल डिर्भसन हुने गरेको केशले पनि के देखाउँछ भने विगतमा कतिपय औषधि उत्पादक कम्पनिहरु नै प्रिकर्सर केमिकल डिभर्सनमा संलग्न रहेछन् । अहिले पनि केही अनुसन्धानमा छन् । हामीले साप्ताहिक र पाक्षिक रुपमा आकस्मिक निरीक्षणहरु, मोनिटरिङहरु पनि शुरु गरेका छौ । यसले थोरै मात्रामा भए पनि नियन्त्रणका लागि केही काम गरेको छ । सँगसँगै बिना प्रिस्किप्सन औषधि बिक्रि गरिदिने । पैसा पाइन्छ । आम्दानि हुन्छ । कमाई हुन्छ भनेर सरोकारविहिन मान्छेलाई औषधि बेचिदिने कारणले पनि यसले ब्यापकता लिएको छ । यसमा पनि सबै विक्रेता मित्रहरुलाई बिना प्रिस्क्रिप्सन विलकुलै औषधी बिक्रि नगरी दिन आग्रह गर्दछु किनभने कतिपय औषधि ड्रक्सको कम्पोजिसन मिलाएर नार्कोटिक ड्रक्सको रुपमा लागू औषध दुव्र्यसनीहरुले प्रयोग गरिरहेका छन् ।

सारमा अब के गर्नुप¥यो अब लागू औषधको कारोवार रोक्न ?
सबै कन्सर्न निकायहरुले आ–आफ्नो जिम्मेवारीमा दुरुस्त हुन जरुरी छ । दोस्रो कुरा सबै निकाय एक ठाउँमा आएर नयाँ योजनाका साथ अगाडि बढ्न जरुरी छ । तेस्रो पीडितहरु पनि जुरमुराउन जरुरी छ । त्यसपछि अभिभावकहरु, स्कुलहरु सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु जरुरी छ ।

नियम र कानुनमा रहेका कमजोरी के के हुन् ? सुधार कसरी गर्ने ?
एमफिटामाइन्ड ड्रगलाई लागू औषध ऐन २०३३ ले यो चाँहि मनोदिपक औषधि हो भनेर त्यो भित्र पारेको छ । मनोदिपक औषधिलाई कम हानिकारक ब्याख्या गरिएको छ । त्यसैले दुई बर्षदेखि दश बर्षसम्म मात्र जेल सजाय भनेको छ । जबकी एमफिटामाइन, कोकिन, हिरोइनको क्याटागोरी भन्दा तल छैन, त्यै मूल्य बरावरको औषधि हुन् । त्यतिवेला यहाँ एमफिटामाइनको प्रचलन भइसकेको थिएन, त्यसैले त्यो परिभाषा भित्रै पर्न सकेको छैन । अरु पनि त्यस्तै कतिपय लागूूऔषधलाई पनि पुर्नपरिभाषित गर्नुपर्ने भएको छ । हामीले हिजोको ब्याख्या ग¥यो आजको त्यसको दुरुपयोग भएको छ । त्यो नार्कोटिभ ड्रग्सको रुपमा प्रयोग भइरहेको छ । त्यस्ता औषधीहरु पनि अब नार्कोटिभ ड्रग्स भित्र पार्नुपर्ने बेला भएको छ । यसैले यसको पुर्नपरिभाषा गर्दै जरिवाना र सजायको ब्यस्थामा सोच्न जरुरी छ ।

प्रहरी नेतृत्वका पनि केही कमजोरी होलान् नी ?
प्रहरी नेतृत्वका कमजोरी भनेर तपाईले कुन नेतृत्वलाई भन्न खोज्नु भएको हो ? ब्यूरोका नेतृत्वका कमी कमजोरीलाई भन्न खोज्नु भएको हो भने एउटा मानवजन्य कमी कमजोरी होला त्यो आफ्नो ठाउँमा छ, प्रहरीको नेतृत्वकै पनि होलान् । बिना कमी कमजोरीको मान्छे हुनै सक्दैन । कमी कमजोरी नहुने बित्तिकै त्यो देवता भइहाल्छ । एकदमै गुणै गुणले सम्पन्न भगवान हुन्छ र कमी नै कमी भएको त्यो राक्षसै हुन्छ । हरेक मान्छेमा केही न केही कमिकमजोरी हुन्छन् नै । नेतृत्वमा पनि कमी कमजोरी होलान् । तर लागू औषध नियन्त्रण गर्ने कारवाही गर्ने कुरामा आजसम्म त्यस्तो कमी कमजोरी छ जस्तो मलाई लाग्दैन ।

जस्तो कुनै पनि प्रहरीले कोही पनि मानिसलाई फसाउन चाह्यो वा खोज्यो भने जर्वजस्ती लागू औषधको आरोप लगाई दिने र मुद्धा लाईदिने गरेको भन्ने आरोप पनि छ नी ?
मलाई थाहा छैन । हिजो आज त्यस्तो छैन । झुटा मुद्दाहरु दर्ता गराइएकाछन् भने हामी पनि सुन्छौ । मैले चाँही यहिनिर यस्तो भएको छ । प्रहरीले अधिकार दुरुपयोग गरेको र फसाएको मैले चाँहि देखेको छैन ।

कतिपय मानिस बिना कारण प्रहरीकै सजिलो अभियोग लागू औषधको कारण जेल परेका भन्ने गुनासाहरु किन बढे त ?
अहिले हाम्रो संगठनको पछिल्लो नीति के छ भने कुनै पनि मुद्दालाई डिभर्सन गर्न पाइदैन । त्यो लागू औषधको हो भने लागू औषधकै हुनुपर्छ, ज्यान मार्ने उद्योग अन्र्तगत हो भने ज्यान मार्ने उद्योग अन्र्तगन नै हुनुपर्छ, सार्वजनिक हो भने सार्वजनिक नै हुनुपर्छ, चोरी हो भने चोरी नै हुनुपर्छ, डकैती हो भने डकैती नै हुनुपर्छ, चोरीलाई डकैती बनाउने, सार्वजनिकलाई ज्यानमार्ने उद्योगमा बनाउने त्यस्तो विलकुल नगर्ने अहिलेको नीति हो । त्यसैले विगतमा त्यस्तो कसैले ग¥यो होला । कुनै ठुलो अपराधीलाई तह लगाउनकालागि गलत मनसाय होइन की मनसाय राम्रो, तर प्रक्रिया त मिलेन नी । कानुनी राज्यमा जुन अपराध गरेको हो, त्यही अपराधमा दण्ड हुनुप¥यो । हिजोका दिन यदाकदा त्यस्ता घटना भएका छन् भन्ने म पनि सुन्छु तर अहिले त्यो नीति छैन हाम्रो संगठनमा ।

घर, परिवार र अविभावक तथा समाजले गर्नै पर्ने पनि जिम्मेवारीहरु होलान् नी ?
मैले अघि पनि भने घर परिवारका सदस्यहरुले सात आठ कक्षामा पुगिसकेपछि १२/१३ वर्ष उमेर पुगि सकेपछि अल्लारे उमेर सुरु हुन्छ । त्यतिबेला नयाँ नयाँ काम गर्न खोज्ने हुन्छन् । साथीसंगीले जे जे गरेका छन् उनिहरुले पनि त्यै त्यै गर्न खोज्छन् । यस्तो गर्दा के हुन्छ त भनेर जिज्ञासा मेटाउने यो प्रवृतिले व्यापकता लिन्छ यो उमेरमा । त्यसपछि जोस् बढी होस् कम हुन्छ । तपाई हामी सबैले त्यो भोगेको हो नी । यो पिरियड अब जीवनको परीक्षण काल सुुरु भयो भन्ने बुझ्नुपर्छ ।
त्यसैले मैले जहाँ पनि यो कुरा भन्न छुटाउँदैन की अब १३/१४ वर्ष शुरु भएपछि छोराछोरीको परीक्षण काल सुरु भयो । जीवनको परीक्षणकाल शुरु भयो । जीवनमा सफल हुने की असफल हुने ? यो पिरियड बाइस चौविस बर्षसम्म रहन्छ ।

लागू औषध दुव्र्यसनिको संख्या उमेरको सर्वेक्षण लिदाखेरी अक्सर १६ बर्षदेखि २५ बर्ष भित्रका मान्छेहरु छन् । १६ बर्षको उमेरमा लागूू पदार्थ दुव्र्यसनी गरेको मान्छे १३/१४ शुरु गरेको हुनुपर्छ । त्यसैले यो परीक्षणकाल सुरु भयो भन्ने हरेक अभिभावकले दिमागमा राख्नुस् । आफ्नो छोराछोरी स्कुल जाने समय ख्याल गर्नुस्, घर आउने समयमा ख्याल गर्नुस् । ढिला ग¥यो भने आज किन ढिला ग¥यो, स्कुलसँग इन्क्वायरी गर्नुस् । बाटोघाटोमा कतै चक्का जाममा प¥यो की, ट्राफिक जाममा प¥यो की, त्यो चिजको इन्क्वाइरी गर्नुस् । त्यसपछि छुट्टिको समयमा उसले गर्ने संगत साथिसंगी बारेमा पनि सोधखोज गर्नुस् । कतै गलत साथीसंग संगत त भएको छैन ? त्यसमा ध्यान दिनुस् ।

त्यसपछि छोराछोरीको व्यवहारमा परिवर्तन भएको छ की त्यसमा ध्यान दिनुस् । उसले गर्ने खर्च पनि ध्यान दिनुस् । अस्वभाविक खर्च गर्न थाल्यो, अस्वभाविक रुपमा पैसा माग्न थाल्यो । त्यसमा पनि ध्यान दिन जरुरी छ । बेलाबेलामा टिचर र प्यारेन्ससँगको अन्र्तक्रिया पनि गर्न जरुरी छ ।

त्यसैगरी स्कुलले पनि आफ्ना विद्यार्थीलाई निगरानी गर्नुुप¥यो । आफ्ना विद्यार्थीको हर्कत के छ ? समयमा स्कुल आउँछ की आउँदैन । प्रत्येक दिन स्कुल आउँछ की आउँदैन । घरमा टाइममा पुग्छ की पुग्दैन । अनि उसको हाउभाउ कस्तो छ । उसका सबै किसिमका हर्कतमाथि स्कुलले पनि निगरानी गर्न जरुरत छ । त्यसपछि प्यारेन्स स्कुल कही शंकाष्पद गतिविधि, शंकाष्पद हर्कत त्यस्तो महशुस गर्छन् भने स्थानीय पुलिससँग अन्तरक्रिया गर्नुस् । सूचना दिनुस । हामी सबैले मिलेर हाम्रो भावि पुस्तालाई लागू औषध जस्तो दुव्र्यसनीमा फस्न नदिनका लागि सबै सचेत हुन जरुरी छ ।

लागू औषधको कारोवारलाई राजनीतिक संरक्षण कत्तिको रहेछ ?
राजनीतिक संरक्षण छैन । आठ नौ महिना भयो अहिलेसम्म हामीले जति पनि एक्सन गरेका छौ कुनै पनि नेताले कुनै पनि किसिमको सिफारिस गरेको छैन । त्यसैले लागू औषध दुव्र्यसन भन्ने बित्तिकै कुनै पनि पोल्टिसियन त्यो सँग जोडिन चाहदैन, किनभने यो कुरा मिडियामा आयो भने त भोलि उसको त राजनीतिक भविश्य चौपट हुन्छ । त्यसैले म मानेमा खुशी छु यहाँको राजनीतिज्ञसंग मैले ८/९ महिनामा कुनै पनि राजनीतिज्ञ संलग्नता देखिन ।

खासगरी खुल्ला सीमा रहेको दक्षिण छिमेक र कमजोर सुरक्षा रहेको विमानस्थलबाट हुने खुल्ला ओसार पसार रोक्न गरिनुुपर्ने कडाईहरु, सुधारहरु के के देख्नु भएको छ ?
एउटा त खुल्ला सिमाना छ यो तपाई हाम्रो नियति नै हो । त्यसलाई कुनै वाल लगाउन सक्ने अवस्थामा छैनौ । त्यो हाम्रो ग्राउन्ड रियालीटी हो । त्यो ग्राउन्ड रियालिटीमा कसरी कोभ गर्ने त्यसका लागि बोर्डरमा स्क्रिनिङ् सिस्टम धेरै कडा हुन जरुरी छ । दुई देशको बिचमा समन्वय हुन जरुरी छ । जहाँ जहाँ हाम्रा नाका छन् त्यो ठाउँमा जोइन्ट चेकिङ, जोइन्ट पेट्रोलिङ पनि गर्ने, त्यसपछि जोइन्ट क्याम्पेनिङ्ग गर्ने । जस्तो रक्सौलमा पारिपट्टि लागू औषध बिक्रिबितरण भइराछ भने त्यहाँको पुलिसले रोकिदिनु प¥यो नी । नेपालबाट गाजा, अफिमहरु जादैछन् भने हामीले रोक्दिनु प¥यो । त्यसैले होइन जे सुकै होस् भन्न थाल्यो भने गाह्रो हुन्छ । त्यसैले दुई देशको पुलिसको पनि जोइन्ट प्रयास हुन जरुरी छ । जतिपनि क्रसबोर्डरहरु छन, विशेष लागू औषध नियन्त्रण ट्रान्सपोर्स बनाएर खटिन जरुरी ठान्छु मैले ।

इन्टरनेशनल एरपोर्टमा पनि स्क्रिनिङका लागि अत्याधुनिक मेसिनको व्यवस्था हुनुपर्छ । इन्डियाले त कतिपय सहरहरुमा शुरु गर्न थालिसकिएको सुनिन्छ जसले ट्रक भित्रको सानो सानो चिजलाई पनि देखाउँछ । हामीसंग पनि वारीपट्टि बकाइदा सवारी साधन नै एक्सरे भएर आउने सिस्टम हुन जरुरी छ । बोर्डरमा जोइन्ट पेट्रोल, सिंगल पेट्रोल, शसस्त्र नेपाल पुलिसको जोइन्ट पेट्रोल, इन्डियन र नेपाल पुलिसको पनि जोइन्ट पेट्रोल र जोइन्ट भेन्चरबाट जान जरुरी छ । किनभने यो लागूूऔषध भनेको कुनै एक देशको समस्या होइन । यो संसारकै साझा समस्या हो । हरेक देशमा छ र हरेक देश लागू औषधबाट पीडित छ ।

तपाई आफ्नो कार्यकाललाई उदाहरणीय बनाउन थप के के प्रयाश गर्दै हुनुहुन्छ ?

अहिले त हामीले इन्पोसमेन्टलाई नै बढी प्राथमिकतामा राखेका छौ । किनभने सबै जिम्मेवारी लागू औषध नियन्त्रण ब्यूरोको पर्दैन । यसको जुन जिम्मेवारी छ त्यसलाई कसरी बढी प्रभावकारी बनाउने भन्नेतर्फ लागिरहेका छौं । त्यसकालागि इन्टरनेश्नल नेटवर्किङमा काम गर्ने माफिया ग्रुप माथिको कारवाहिलाई बढी फोकसिङ गरेका छौ ।

विगतका छ सातवटा ठूूलठूूला केसहरु तपाइले देख्नुभयो । कोकिनका इन्टरनेस्नल नेटवर्किङमा  भएका कारोवारी हाम्रो कारवाहीमा आएका छन् । यसलाई निरन्तरता दिने र त्यसपछि हाम्रो मौजुदा परिस्थितिमा पनि अरु क्षेत्रहरुको नयाँ नयाँ क्राइम डिस्कभरी नै भने मैले एम्पिटामाइन उत्पादन हुने प्रिकर्सर केमिकलमा हामीले कारवाही ग¥यौं । औषधि व्यवस्था विभाग, गृहमन्त्रालय र हाम्रो एउटा ज्वाइन्ट टिम बनाएका छौ । त्यो टिमले मोनिटरिङ गरिराछ । यस्लाई अझ व्यापकता दिन्छौ ।

मेचिदेखि महाकालीसम्म सम्पूर्ण औषधि उत्पादक कम्पनिहरु र हाम्रो निगरानिमा छन् । कुनै पनि बेला कुनै पनि औषधि कम्पनिमा हामी रेड गर्छौ । र, गल्ति भेटियो भने कारवाहीको दायरामा ल्याउछौ । त्यसैगरी औषधि विक्रि वितरण गर्ने पसलहरुमा पनि हामीहरुले व्यापक रुपमा निगरानि राखेका छौ ।

नयाँ नयाँ कार्यक्रमहरु जनचेतना क्याम्पेनिङ पनि हामीहरुले गरिराछौ । जस्तो केही दिन अघि कीर्तिपुरमा हामीले लागू औषध विरुद्ध हाम्रो अभियान भनेर ज्वालादेवी युनाइटेड क्लव र हाम्रो प्रयासमा एउटा ठुलो संयुक्त ¥याली भयो । मकवानको उत्तरी बेल्ट जहाँ गाँजाको उत्पादन हुने गर्छ र त्यहाँ हामी पुसको पहिलो हप्तातिर जनचेतना क्याम्पेनिङ गर्दैछौ । समग्रमा भन्नुपर्दा जनचेतना क्याम्पेनिङ पनि संगसँगै लैजाने र इम्पोसमेन्टलाई पनि संगसँगै लैजाने र नयाँ नयाँ तरिकाले हामी काम गरिराछौ । यसलाई हामी निरन्तरता दिन्छौ ।

ब्यूरोको मुख्य मुख्य जिम्मेवारी के के छन् ?
अहिले त सप्लाई कन्ट्रोल नै गर्ने हो । अरु जति पनि यो सँग जोडिएका अन्य जिम्मेवारी छन् त्यो हामीसँग छैन । त्यसैले अलिकता हाम्रो जिम्मेवारीको दायरा पनि बढ्नु पर्छ । गृहमन्त्रालयसँग सम्बन्धित निकायसँग भनिरहेका छौ ।

तपाईहरुको कार्यक्षेत्र र जिम्मेवारी के के बढ्नु प¥यो त अब र किन ?
जनचेतना कार्यक्रम टोटल हामीलाई दिनुपर्छ । औषधि ब्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय क कसले हेरिराछन् । त्यसको पनि हामीलाई केही जिम्मेवारी दिनुपर्छ । हामीले फिल्डमा गर्न सक्ने अरुसँग भएका जिम्मेवारीहरु पनि हामीलाई दिनुपर्छ ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरोले कुनै औषधि  उत्पादन कम्पनिमा मनिटरिङ गर्न, रेड गर्नका लागि अरु निकायलाई कुरेर बस्ने अवस्थाबाट हामीलाई एकल किन गर्न नदिने रु पुलिस मात्रै सबै ठाउँमा पुग्न सक्ने र देशव्यापी नेटवर्किङ भएको संस्था भएकोले त्यो विश्वास पुलिसलाई गर्न प¥यो । कतिपय ज्वाइन्टमा हामी काम गरिराछौ । एक्लै गर्न सक्ने अधिकार कानुनले नै हामीलाई दिनु प¥यो । जस्तो कुन कुन औषधि ल्याउन दिने प्रिकर्सल केमिकल कति ल्याउन दिने । औषधि व्यवस्था बिभागले सिधै गृह मन्त्रालयलाई लेख्छ । चाहिने भन्दा धेरै केमिकल मगायो । केमिकल कहाँ गयो थाहा छैन । अहिले टोरस र एसआर फर्माको हरायो नी । कहाँ गयो कहाँ गयो । कमसेकम यसमा पुलिसको संलग्नता हुन जरुरी छ । त्यो हुन्थ्यो भने यस्तो मनपरी हुन्थ्यो जस्तो मलाई लाग्दैन ।

आजसम्मका आफ्ना काम कारवाहीबाट सन्तुष्ट हुनुहुन्छ की हुनुहुन्न ?
कतिपय मानिसले मलाई के सुनाए भने यो लागूू औषध ब्यूरोको अफिस छ भनेर अचेल थाहा पाए भनेर । निकै प्रचार भयो । किन भयो त भन्दा ठूल ठूला कारवाहीहरु भए । त्यसैले अहिले मलाई लाग्छ लागू औषध नियन्त्रण ब्यूरो जनताको दिमागमा छ । यसले लागू औषध नियन्त्रण गर्दछ । लागू औषध कारोवारी विरुद्ध कारबाहि गर्दछ भनेर सम्पूर्ण जनताले थाहाँ पाएका छन् । योे भनेको हामीहरुको काम कारवाहिको परिणाम स्वरुप नै भएको हो । त्यसैले त अहिले सबैतिर लागू औषध नियन्त्रण ब्यूरोले वाहवाही पाएको छ । यहाँ बाइस बर्षदेखि काम गरेका स्टाफहरु छन् । उनीहरु भनिराखेका छन् अहिलेको समय सर्वाधिक राम्रो समय हो भनेर । त्यसैले म सन्तुष्ट नहुने त कुरा नै भएन ।

जाँदाजाँदै यहाँका थप केही भनाईहरु पनि छन् की ?
म के भन्न चाहन्छु भने लागू औषध भनेको अब प्रत्येक घरको, प्रत्येक ब्यक्तिको सरोकार बनेको छ । यो रोग हाम्रो वस्तीमा छ भने कुनै पनि बेला मेरो घरभित्र पनि छिर्न सक्छ । त्यो दिमागमा सबैले राख्न जरुरी छ । समयमै यसलाई छेकबार गर्नका लागि उभिन पर्छ भनेर प्रत्येकले सोच्यो भने पुलिस र जनता एक ठाउँमा हुन्छ । पुलिस र जनता एक ठाउँमा हुने वित्तिकै लागू औषध दुव्र्यसनी र लागू औषध कारोवारी वस्तीबाट अलगिन्छ । त्यो हुने वित्तिकै स्क्यानिङ सिस्टम बलियो हुन्छ । हामी छर्लङ्ग थाहा पाउछौ । को कारोवारी हो, को सेवनकर्ता हो । यो सेवनकर्ता यो कारोवारी हो भन्ने थाहा पाएपछि त फटाफट कारवाहीको दायरामा ल्याउन सजिलो हुन्छ । भोलि त्यो नकरात्मक वातावरण समाजमा रहदैन । त्यसैले लागू औषध नियन्त्रणको काम मेरो पनि हो भनेर सबैले सोचिदिन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस