हेमन्तप्रकाश ओलीसहित ९ जनालाई राज्यविरुद्धको अपराध मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेमन्तप्रकाश ओलीसहित ९ जनालाई राज्यविरुद्धको अपराध मुद्दा


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७५, आइतबार


विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ का तेस्रो नम्बरका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौ नेतालाई राज्यविरुद्धको मुद्दामा कारबाही अगाडी बढाउने भएको छ ।

शुक्रवार राति काभ्रेबाट पक्राउ परेका उनीहरूलाई हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्यविरुद्धको अपराध र सङ्गठित अपराध मुद्दामा आइतबार ललितपुर जिल्ला अदालतले आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले ओलीसँगै शङ्कर अधिकारी, धर्मराज राज बाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सञ्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ गरेको थियो।

१ बा १७ च ४८९३ नम्बरको स्कार्पियो गाडीसहित पक्राउ परेका उनीहरूबाट एउटा पेस्तोल र ६ राउन्ड गोली लोडे ड २ वटा म्यागेजिन बरामद गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस