चैत्र ११ गते, २०७५

परिस्थिति

कविता

कहिलेकाहीँ त यस्तो लाग्छ
ढुङ्गे युगमा पुगदैछु म
आफैँलाई भारी भयो
लुच्किएर घुम्दैछु म ।।

सम्पदा र स्रोत पनि
बाटो नपाई लुक्दो रहेछ
संसारकै शीरको श्रृपेच
सगरमाथा झुक्दो रहेछ ।।

बलीदानी बिर्सिएर
विरहरुलाई भुल्दैछु म
नाकाबन्दी चुलिएर
भौँतारिदै डुल्दैछु म ।।

अरुको भर पर्नुपर्ने
कहिले सम्म होला कुन्नी
आफ्नेै विवेक लगाएर
असल काम आफै चुन्नी ।।

पौष २१ गते, २०७५ - १३ः५७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg