पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक


१७ मंसिर २०७५, सोमबार


इन्टरपोल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन् ।

पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए ।

शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्न पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी, लफङ्गा र अवाञ्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन उनले निर्देशन दिए ।

सकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न यहाँका व्यवसायी लागेका छन् । यहाँ आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन टाँडी प्रहरीलाई सात मोटरसाइकल, १० रेडियो सेट र एक थान बेस सेट उपलब्ध गराएको छ ।

प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको सो सामग्री प्रहरी प्रमुख खनालले स्थानीय प्रहरीलाई हस्तान्तरण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस