२–० गोलअन्तरले भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२–० गोलअन्तरले भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा


प्रशासन संवाददाता

१७ मंसिर २०७५, सोमबार


काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियललाई हराउँदै बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ।

जारी सिजन उतरचढावपुर्ण प्रदर्शनको सिकार भएको बार्सिलोना आइतबार भने भिल्ला रियललाई २–० ले पराजित गर्न सफल भयो।

बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिके र कार्लेस अलेनाले गोल गरे ।

खेलको ३५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो ।

खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनालाई २(० गोलको जित दिलाएका हुन् ।

जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस