दोस्रो मुनामदन ‘हरितारा’ खण्डकाव्य विमोचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोस्रो मुनामदन ‘हरितारा’ खण्डकाव्य विमोचित


९ मंसिर २०७५, आइतबार


पर्वत । कवि एवं साहित्यकार टुकनाथ रेग्मी (बेलुराम) को दोस्रो खण्डकाव्य ‘हरितारा’ विमोचन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर शहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य तयार भएको कवि रेग्मीले बताए।

गाउँघरमा जमीन बाँझिएको, पारिवारिक विखण्डन बढेको, धार्मिक र सांस्कृतिक विचलन आउँदै गरेका कारण बसाइँसराइ र वैदेशिक रोजगारीमा नगई गाउँघरमा नै उद्यम तथा मेहनत गर्न यो काव्यले सन्देश दिएको छ । हरि र तारा पात्रमार्फत जन्मभूमिको माया जगाउन रेग्मीले प्रयास गरेका छन् ।

‘गाउँका जग्गा, अन्नका रास, खेत र बारी
जन्मेको भूमि मुटु झै प्यारो, हे मेरी पियारी’

पर्वतलाई कर्मक्षेत्र बनाएर लेखन कर्म गर्दै आउनुभएका रेग्मीले यसअघि ‘बेलूराम’ खण्ड काव्य प्रकाशित गरिसक्नुभएको छ । ‘बेलूराम’ खण्डकाव्यलाई दोस्रो ‘मुनामदन’ को रुपमा चर्चा गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमीरेले पनि बेलूरामलाई दोस्रो मुनामदन भनेका थिए।

पुस्तक विमोचन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मुलुक निर्माणका लागि आफ्ना पाखा पखेरालाई हराभरा बनाउने र गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ, भन्ने सन्देश खण्डकाव्यले दिएको बताए। उनले वैदेशिक रोजगारी नेपालीको बाध्यता भए पनि अब विदेशमा आर्जन गरेको सीप र पूँजीलाई देश विकासमा लगाउन आग्रह रे । रासस

प्रतिक्रिया दिनुहोस