डेनमार्कबाट नेपालले पाठ सिक्ने हो कि ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डेनमार्कबाट नेपालले पाठ सिक्ने हो कि !


१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । राजधानी काठमाडौंमा बिमस्टेकको चौथो सम्मेलन आज (बिहीबार) देखि सुरु भयो ।

सम्मेलनमा आएका सदस्य राष्ट्रका सरकार प्रमुखको सवारीका बेला मूल सडकको ट्राफिक आवागमन बन्द गरियो । बिरामी बोकेको एम्बलुेन्सले समेत बाटो पाएन ।

सम्मेलन सुरु हुनु एक दिनअघि (बुधबार) राजधानीमा जोर–बिजोर प्रणाली लागू गरियो, जसका कारण सवारी साधन चल्न सकेनन् । निजी स्कुलका बस सञ्चालन हुन नसक्दा विद्यार्थी पढाइबाट वञ्चित भए ।

विदेशी पाहुना आउँदा नेपालको ट्राफिक व्यवस्थापन फितलो रहेको उदाहरण मात्र होइन यो स्वदेशमै पनि राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मको सवारीमा पुरै सडक खाली गराउने गरेको दृष्टान्त नौलो होइन ।

तर, डेनमार्कमा भने अवस्था फरक छ । बुधबार डेनमार्कका प्रधानमन्त्री लार्स लोके रसमुसेनले फ्रान्सका राष्ट्रपति इमानुल माक्रोँ लगायतको टोलीलाई मध्यसहरको एक घन्टा भ्रमण गराए । तर, त्यहाँको सवारी आवागमन रोकिएन ।

हेर्नुस् भिडिओ :

साइकल सयरका क्रममा दुवै सरकार–प्रमुख साइकल चलाउँदै गफिइरहेका देखिन्छन् । उनीहरूका टोली सँगसँगै साइकलमा सवार छन् । छेउछेउमा सर्वसाधारणको साइकल पनि गुडिरहेकै छ । ट्राफिक सिग्नलको ठाउँमा उनीहरू अडिन्छन् । सर्वसाधारणका गाडी र बस गुडिरहेकै देखिन्थे ।

डेनमार्कबाट नेपालले पाठ सिक्ने हो कि !

Tags :
प्रतिक्रिया दिनुहोस