उपत्यकाका १४ स्थानमा मात्रै विरोध प्रदर्शन गर्न पाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका १४ स्थानमा मात्रै विरोध प्रदर्शन गर्न पाइने


प्रशासन विशेष ब्युरो

१४ असार २०७५, बिहिबार


काठमाडौँ । उपत्यकाका तीन जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित स्थानहरु तोकिएको छ ।

सरकारले काठमाडौं, भक्तपुर र ललितपुरका निश्चित स्थानबाहेक विरोध प्रदर्शन गर्न नपाईने र नियमको उल्लंघन गरेमा कडा गरेमा कानुनअनुसार कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

बिहिबार गृह मन्त्रालयले पत्रकार सम्मेलनकै आयोजना गरी उपत्यकाका विभिन्न १४ स्थानहरुमा मात्रै बिरोध प्रदर्शन गर्न पाइने कुराको जानकारी गराएको हो ।

उपत्यकासँगै साउनबाट लागु हुने गरी ७५ वटै जिल्लामा विरोध प्रदर्शन स्थल तोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको समेत जनाएको छ।

यी हुन विरोध प्रर्दशनका निम्ति तोकिएका स्थानहरु स्

काठमाडौं
खुलामञ्च
सानो गौचरन फुटबल मैदान
गौशालाको सिफल चौर
लैनचोरको समाज कल्याण परिषद् अघिको खुल्ला स्थान
कोटेश्वरको तीनकुने खुल्ला चौर
पेप्सीकोला खेल मैदान
भूईखेल, भगवानपाउ

ललितपुर
च्यासल खेल मैदान
बज्रबाराही मन्दिर अघिको खुला ठाउँ
भैसेपाटी च्यासीकोटको खुला स्थान
गोदावरी बसपार्कको छेउ
धोबीघाट मुहान पोखरीको छेउ
लुभु ससमुच लामाटार

भक्तपुर
सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा

Tags :
प्रतिक्रिया दिनुहोस