गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


१९ जेष्ठ २०७५, शनिबार


प्रस्ताव थिएन तिम्रो मञ्जुर मलाई
किन हो लाग्यो क्षण भंगुर मलाई

लागे सबै हर्कत तिम्रा बहाना जस्ता
सकेनन् गर्न हृदयदेखि अंकुर मलाई

जीवनलाई बनाई युद्ध जित्यौ मात्र
पोल्ने लाग्यौं तिमी भट्टी तन्दुर मलाई

केवल स्वार्थ या अहम् खातिर तिम्रो
उपहार चाहिँदैन हीरा र अंगुर मलाई

प्रतिक्रिया दिनुहोस