गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


Gajal

गाऔं गीत साहसको एउटै भाकामा ।।
आऊ सँगै उक्लौं हामी सगरमाथामा ।।

मलाई छोऊ तिमी मैले छुन्छु तिमीलाई
कसम खाऔं अडिग रहौं आफ्नो बाचामा ।

घाम चर्केपानीदर्के साझाओत होस्
खप्टी बसुन् पञ्जा हाम्रा एउटै छातामा ।

बनोस् त्याग मूलमन्त्र साझा होओस् लक्ष
कहिल्यै नहोस् ध्यान केवल नोक्सान नाफामा ।

मौलाउँदै जाऊन् मुना आशा–विश्वासका
नहोस् घून न पुतली हाम्रो मायामा ।

प्रतिक्रिया दिनुहोस