गजल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गजल


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


भोली खुशी हुनलाई आज मलिन बनेको हो
जिन्दगी त्यसकारण यति कठिन बनेको हो

तिमी बाहेक ठुलो भरोषा अरु के हुनसक्छ
जसरी आकाशको लागि जमिन बनेको हो

पहिला के बन्यो ढुङ्गा बन्यो या ईश्वर बन्यो
किन मन्दिर बनाउने मन्दिर बिहिन बनेको हो

आमा तिमीले काखमै आगो पिउन सिकाएर
अनि पो तिम्रो छोरो यसरी सँगिन बनेको हो

उदाहरण बन्न सकिनौ खोलो तर्यौ बिर्स्यौ
यहि काँध चढेर तिम्रो सँसार रँगिन बनेको हो

प्रतिक्रिया दिनुहोस